Rashtriya Dainik

गुठी प्रसौनीमा श्री राम जानकी मन्दिरको प्राण प्रतिष्ठान एवम् यज्ञको तयारी अन्तिम चरणमा

संजय कुशवाहा / नवलपरासी २६ चैत

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं.६ गुठी परसौनीमा श्री राम जानकी मन्दिर “प्राण प्रतिष्ठान एवम् यज्ञ अनुष्ठानको तयारी अन्तिम चरणमा पुगेको छ ।

चैत २७ गतेबाट हुन लागेको श्री राम जानकी मन्दिरको प्राण प्रतिष्ठान एवम् यज्ञ अनुष्ठान हुने तयारी अन्तिम चरणमा पुगेको हो । समाजसेवी रामा शंकर त्रिपाठीबाट मन्दिरमा प्राण प्रतिष्ठान एवं उद्घाटन हुने यज्ञ बैशाख ७ गतेसम्म चल्ने छ ।

गुठी परसौनी गाउँबासी एवं यज्ञ मुल समितिकाे आयाेजनामा यज्ञ हुन लागेको यज्ञ मुल समिति संयोजक एवं वडा नं.६ का वडाध्यक्ष केशव अधिकारीले जानकारी दिनुभएको हो ।
महायज्ञकाे लागि सम्पुर्ण तयारी पूरा भइसकेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

यज्ञमा प्रवचन तथा कथाहरु बाचन गर्नका लागि बनारसका पण्डित संदिप ओझा प्रवचन गर्नुहुने छन् ।
यज्ञमा हजारौं भक्तजन उपस्थित हुने हुँदा वहाहरूका लागि आवास, भोजनालय र आन्तरिक व्यवस्थापन तयारी पूरा भइसकेको छ । यज्ञबाट संकलित भएको रकमले गुठी परसौनीमा रहेका विभिन्न देवी देवताका मन्दिरहरू निर्माण गरिने लक्ष्य रहेको युवा समाजसेवी दिन बन्धु मिश्राले बताउनुभयो ।

मन्दिरको प्राण प्रतिष्ठान एवं यज्ञ अनुष्ठानको पहिलो दिन पाँच सय भन्दा बढी कन्याहरूले कलश लिएर गुठी परसौनीमा भएका विभिन्न देवी देवताका मन्दिर परिक्रमा गर्दै नारायणी नदिमा जल भरेर ल्याएपछि श्री राम जानकी मन्दिरमा प्राण प्रतिष्ठान एवम् यज्ञ उद्घाटन हुने युवा समाजसेवी संघर्ष जयसवालले जानकारी दिए ।

मूल समितिले सबै महानुभाबहरुलाई यज्ञमा सहभागि भई दान गरेर पुण्यकमाउन अपिल गरेको छ । समितिले अहिले यज्ञ आयोजना स्थलको र आन्तरीक तयारीको काम अन्तिम चरणमा पुगेको मूल समितिका अध्यक्ष अधिकारी जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित