Rashtriya Dainik

वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशद्वारा अन्तरक्रिया

पार्वती आचार्य / कपिलवस्तु , २५ चैत

“संमृद्धिको लागि वैज्ञानिक वन, भन्ने नाराका साथ वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा तथा सव डिभिजन वन कार्यालय बडहरा तथा गोरुसिंगे, कपिवस्तु अन्तरर्गतका पर्ने बुद्धभूमि नगरपालिका १ का सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापन ÷सहजीकरणमा अन्तरक्रिया कार्यक्रम कपिलवस्तुको गोरुसिंगेमा सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेशमा वन व्यवस्थापनको अवस्था , अवसर , असर , चुनौती एवं आगामी कार्यादेश सम्बन्धि बिषयहरुमा अन्तरक्रियामा गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी वैज्ञानिक बन व्यवस्थापन राष्ट्रिय महासंघका अध्यक्ष रेनु सेनले वैज्ञानिक वन व्यवस्थापन गर्दा धेरै चुनौतिहरु भोग्नु परेको बताईन् । समस्याहरुलाई चिर्दै अगाडी बढ्न सके युद्ध जित्न सकिने बताउँदै दिगो वन भनेको एक सपना हो यसलाई पुरा गर्न वैज्ञानिक वनले नीती , कानुन बनाएर व्यवस्थापन गर्दै आएको बताईन् । राम्रो चिज प्राप्त गर्न धेरैको नजर लाग्ने भएको हुँदा वैज्ञानिक वनलाई व्यवस्थित रुपमा संचालनमा ल्याउन थुप्रै कठिनाईहरु भोग्नु परेको अध्यक्ष सेनको भनाई छ ।

वैज्ञानिक वन जन्मिए पश्चात नै संघर्षको थालनी भयो । २०७९ संघिय वन नियमावली संशोधन गर्दा वैज्ञानिक वनलाई संवद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन भनेर ल्याईएता पनि यसमा वैज्ञानिक वनले हामीले खोजेको रोजेको र हिंजो गर्दै आएको वन व्यवस्थापन वन नियमावलिमा राख्न सफल भई लुम्बिनी प्रदेशले कार्यान्वयन गरिसकेको बताईन् । देशको सातैवटा प्रदेशमा नियमावलि बनिसकेको र कार्यविधी निर्माण गर्न बाँकी रहेको समेत बताईन् । वैज्ञानिक वन २०७१ को कार्यविधी सरकारले नै ल्याई लागू गरिएको र पुन सो कार्यक्रमलाई सरकारले नै खारेज गरेको हुँदा आम उपभोक्ताहरुको माग भएको हुँदा राज्यलाई दवाव दिई संघिय वन नियमावलीमा नितीगत रुपमा ल्याउन सफल भएको बताईन् ।

कार्यक्रमका बिशिष्ट अतिथी डिभिजनल वन अधिकृत बिजयराज सुबेदीले वन व्यवस्थापन सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन गर्दा रुख काट्ने मात्र नभएर पुनर उत्पादन गर्ने , खोला खोल्सी व्यवस्थापन , जैबिक विविधता, बन्यजन्तु संरक्षण गर्नुपर्ने बिषयमा आम उपभोक्ताहरुले ध्यान दिनु पर्ने बताए । यसैगरी जिल्ला महासंघले जिल्लामा , प्रदेश महासंघले प्रदेशमा र केन्द्रिय महासंघले केन्द्रिय स्तरमा बिभिन्न राजनितीक दलका व्यक्तित्वहरुसंग र सम्बन्धित सरोकारवालाहरुसंग अन्तरक्रिया तथा छलफल गरी सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन सम्बन्धि जानकारी गराउन आग्रह गरे ।

यसैगरी डिभिजनल वन अधिकृत बेसिन्द्र राज सुबेदीले वन सम्बन्धि कुनै पनि कार्यहरु गर्दा निती भन्दा बाहिर गएर गर्न नमिल्ने बताए । जोकोही पनि गलत नियत राखेर काम गरेमा कानुनी कारवाहीको भागेदार हुनुपर्ने भएको हुँदा वन क्षेत्रमा सबै सचेत हुनुपर्नेमा जोडदिए ।
यसैगरी तिलौराकोट साँझेदारी वन उपभोक्ता समूहका अध्यक्ष जय प्रकाश पाण्डेयले यो समय आगलागिको उच्च जोखिम रहेको हुँदा आगलागि बाट वन जोगाउन सबैलाई आग्रह गरे । यसैगरी जिल्ला महासंघका अध्यक्षहरुले आ आफ्नो जिल्लामा भएका कार्यविवरणहरु प्रस्तुत गर्दै आगामी दिनहरुमा अझ शसक्तरुपमा लाग्नुपर्नेमा जोड दिएका थिए ।
वैगानिक वन व्यवस्थापन राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष डिल्लिराज रेग्मीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

वैज्ञानिक वन व्यवस्थापन लुम्बिनी प्रदेश अध्यक्ष दिपक कुमार थापाको अध्यक्षतामा लुम्बिनी प्रदेश सचिव टोप बहादुर खड्काको स्वागत तथा महासचिव होम बहादुर गुरुङको संचालनमा लुम्बिनी प्रदेशका १० जिल्लाका जिल्ला महासंघका अध्यक्षहरु , सामुदायिक बनका अध्यक्ष तथा प्रतिनिधि सदस्यहरु र डिभिजन वन कार्यालय चन्द्रौटाका डिभिजनल वन अधिकृत बेसिन्द्र राज सुवेदी , कपिलवस्तु तौलिहवा डिभिजनल वन अधिकृत बिजयराज सुबेदी , साँझेदारी वन उपभोक्ता समूहहरुका अध्यक्षहरु , सहायक वन अधिकृत शन्त थिन , प्रशासन प्रमुख गोविन्द प्रसाद पाण्डे लगाएतको उपस्थित रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित