राष्ट्रिय दैनिक / नवलपरासी ,२५ चैत
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ महेन्द्र मा.बि सरावलमा निशुल्क चर्मराेग शिबिर सम्पन्न भएको छ।
सरावल गाउँपालिका स्वास्थ्यशाखाकाे आयाेजनामा कृष्ठराेग सम्भावित बिरामी तथा पालिका भरिका छाला एवं याैन राेग सम्बन्धि बिरामीलाई लक्षित गरी निशुल्क चर्मराेग शिबिर आयाेजना गरिएको थियोे ।

सरावल स्वास्थ्यचाैकी इन्चार्ज सुमन पन्तका अनुसार निशुल्क चर्मरोग शिबिरमा १ जना बालिका सहित ६ जनामा कुष्ठरोग पत्ता लागेको हाे।

शिबिरमा छाला रोग विशेषज्ञ डा. मिरा श्रेष्ठले रोगको निदान गर्नु भयेको थियो । खोज पडताल कार्यक्रम अन्तर्गत पहिलो चरणमा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई अभिमुकिकरण पछि वडा न. १,३,४ र ५ मा सम्भावित रोगीको खोजी गरि स्वास्थ्य संस्था सम्म निदानको लागि प्रेषण गरिएको हाे। त्यस्तै त्यहा निदान नभएका छाला सम्बन्धी बिरामीलाई शिविरमा प्रेषण गरिएको थियो ।

निशुल्क चर्मराेग शिबर अनुगमन गर्दै सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले पालिकाभित्रका स्थानीय बासीहरुको स्वास्थ्यलाई ख्याल गर्दै निशुल्क निशुल्क चर्मराेग शिबर सञ्चालन गरिएको बताउनुभयो। गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा सुरुवात कालदेखि नै विशेष कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउदै अध्यक्ष चाैधरीले रोग लागेर सहयोग गर्नुको साटो पालिकाबासीलाई रोगै लाग्न नदिने गरी बिशेष कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष बासमति हरिजनले गाउँपालिका सबै वडालाई समेट्ने गरी पटक पटक विभिन्न शिविर र निशुल्क चेकजाँच कार्यक्रम हुदैआएको बताउनुभयो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

