Rashtriya Dainik

नेपाल प्रेस युनियन पश्चिम नवलपरासीले पत्रकार महासंघलाई बुझायाे ज्ञापनपत्र

राष्ट्रिय दैनिक / नवलपरासी ,२५ चैत

नेपाल प्रेस युनियन पश्चिम नवलपरासीले नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीलाई ज्ञापनपत्र बुझाएको छ ।

लोकतन्त्रवादी पत्रकारहरुको अग्रणी संस्था युनियनले श्रमजीवी पत्रकारहरुको साझा संस्था महासंघले सदस्ताको टुङ्गो नलाग्दा सम्म अधिवेशको मिति नतोक्न माग गर्दै ध्यानाकर्षण गराएको हो ।

महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियान तथा नयाँ सदस्यताको विषय किनारा नलाग्दासम्म अधिबेशन नगर्न आग्रह गरेको हो ।

प्रेस युनियन पश्चिम नवलपरासीका अध्यक्ष उमेश कुमार बि.क.ले महासंघ जिल्ला अध्यक्ष हरि शर्मालाई ज्ञापन पत्र बुझाउँदै सदस्यता टुङ्गो नलगाइ जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोमा आपत्ति जनाएको छ ।

सदस्यता र मतदाता नामालीको टुङ्गो लगाएर मात्र जिल्ला साधारणसभा र अधिवेशन तोक्न अध्यक्ष बि.कले आग्रह गरे । साथै जिल्लामा क्रियाशिल केही पत्रकारहरुले नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त गर्न नसकेको अवस्थामा नयाँ सदस्यता प्राप्तिका लागी आवश्यक प्रकिया अगाडी बढाउन अध्यक्ष बि.कले अपिल गरेका हुन ।

जवाफमा महासंघ अध्यक्ष शर्माले सदस्यताको यकिन सन्दर्भमा कार्यसमितिमा छलफल सहित प्रदेश र केन्द्रमा जानकारी समेत गराउने बताएका हुन । साथै नयाँ सदस्यताकाे सन्दर्भ कुर र हेर अभियान रहेकोले नयाँ सदस्य प्राप्तिका लागि आउने कार्यसमिति समक्ष सिफारिस गर्ने बताएका हुन।

सदस्यता यकिन नगरी अधिवेशन गर्नु उपर्युक्त नहुने निष्कर्ष सहितको पत्र युनियनले बुझाएको हो । जिल्ला अध्यक्ष बि.क सहित, प्रेस युनियनका निवर्तमान अध्यक्ष पुरुषाेत्तम सुवेदी , उपाध्यक्ष सन्जिव काेइराला ,सचिव अनिल यादव , सदस्य बिनाेद निगम, महासंघ जिल्ला सचिव राजकुमार रेश्मी , काेषाध्यक्ष प्रकाश न्याैपाने , सदस्य गाैरीशंकर जैसवाल लगायतको सहभागीता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित