राजन कुमार बानिया / पोखरिया, २४ चैत
प्रजनन रुग्नता स्वास्थ्य सम्बन्धि निशुल्क शिबिर अाज पर्साको कालिकामाई गाउँपालिक वडा नं ५ बिर्ंचिवबर्वामा सम्पन्न भएको छ। कालिकामाई गाउँपालिका स्वास्थ्य शाखाले अायोजना गरेको प्रजनन स्वास्थ्य समबन्धी महिलाहरुको लागि निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ।
प्रजनन स्वास्थ्य शिबिरमा १३३ जना महिला हरुलाई चेकजाँच गरिएको थियो भने २१ जना महिला हरुको पाठेघरमा समस्या देखिएकोले यस्ता बिरामी हरुलाई निशुल्क अप्रेसन गरिने अायोजक संस्थाका स्वास्थ्य संयोजक योगेन्द्र चौरसियाले जनाए का छन।
प्रजनन रुग्णता स्वास्थ्य समबन्धी निशुल्क शिबिरमा नारायणी अस्पतालका प्राबिधिक सहयोगमा स्त्रीरोग बिशेषज्ञ डाक्टर प्रिती यादव,डाक्टर मनिषा पाण्डेले महिला हरुमा लागने रोग पाठेघर अाङ खसने ।पाठेघरको मुखको क्यान्सर भि,अाई,ए समबन्धी स्तन क्यान्सर obstetric.fistula र बाँझोपन परिक्षण।महिला र दमपतिमा हुने अन्य प्रजनन रुग्णता समबन्धी रोगको बारेमा चेकजाँच गरेका थिए।
शिबिरमा बिरामी हरुलाई निशुल्क अौषधी समेत बितरण गरिएको थियो। निशुल्क शिबिरमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बशिष्ठ कुमार गुप्ताको प्रमुख अतिथ्यमा भएको शिबिरमा वडा अध्यक्ष जयनाराण पटेल, स्वास्थ्य शाखा संयोजक योगेन्द्र चौरसिया,सहसंयोजक महेन्द्र चौरसिया,सेनियर अहेब जगदिश महतो,निरंजन चौरसिया ,सन्त प्रसाद कम्कर,धिरेन्द्र रेवानी, अनमी कबिता तोलाङी,पुजा चौरसिया लगायत सहभागिता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

