Rashtriya Dainik

हिंसामुक्त समाज निर्माण अभियान समितिद्वारा परिचयात्मक तथा शुभकामना आदानप्रदान कार्यक्रम

आरपि उपाध्याय / नवलपरासी ,२४ चैत

हिंसामुक्त समाज निर्माण अभियान समिति विनयी त्रिवेणी ७ नवलपुरको आयोजनामा परिचयात्मक तथा शुभकामना आदानप्रदान कार्यक्रम त्रिवेणीको शिवपुरगढीमा सम्पन्न भएको छ।
विनयी त्रिवेणी ७ अभियानकी अध्यक्ष भागिरथा घर्ती मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएकी विनयी त्रिवेणी गाउँपालिका उपाध्यक्ष भगवती बैदवारले सामाजिक विकृतिको रुपमा रहेको हिंसालाई सबैको सक्रिय सहयोगबाट नै अन्त्य गर्न सकिने धारणा राख्दै परिवर्तनलाई आफुबाटै सुरु गर्न सकिए सामाजिक विकृतिको रुपमा रहेको हिंसालाई सदाको लागि अन्त्य गर्न सकिने जिकिर गर्नुभयो।
उपाध्यक्ष बैदवारले पालिका सरकारले स्वास्थ्य, शिक्षा, खानेपानी जस्तो आधारभूत आवश्यकतालाई पूरा गर्न अभियानकै रुपमा द्रुत गतिका साथ अगाडि बढिएको जानकारी पनि दिनुभयो।
कार्यक्रममा मनोपरामर्शकर्ता यमकला भट्टराई, मुक्ती समाजकी अभियन्ता सीता गहतराज,अधिकारकर्मी शान्ति बि.क., हिंसामुक्त समाज निर्माण अभियान विनयी त्रिवेणीकी अध्यक्ष लक्ष्मी पुलामी,पत्रकार मालती न्यौपाने,विनयी त्रिवेणी वडा न.७ की वडा सदस्य शोभा क्षेत्री,बन्दना मुसहर,अपाङ्ग समाजका अध्यक्ष घनिराम चौधरी,महिला समाजसेवी रुपा थापा लगायतले हिंसामुक्त समाज निर्माणको विविध पक्षमाथी प्रकाश पार्नुभएको थियो।


कार्यक्रममा हिंसामुक्त समाज निर्माण गर्ने अभियानका लागि सक्रिय सहयोग गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई कदर पत्र सहित सम्मान गरिएको कार्यक्रम सञ्चालिका कृष्ण आले मगरले जानकारी दिनुभएको छ।
कार्यक्रममा ३५० को संख्यामा महिला पुरुषहरुको सहभागीता रहेको आयोजक संस्थाले बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित