Rashtriya Dainik

ब्राउन सुगर जस्तो देखिने लेसिलो वस्तु सहित एक व्यक्ति पक्राउ

आरपि उपाध्याय / झापा ,२४ चैत

झापा जिल्लाको झापा गाउँपालिका स्थित सितुमारी ईलाकाबाट सशस्त्र प्रहरी बल नेपालले ब्राउन सुगर जस्तो देखिने लेसिलो वस्तु सहित एक व्यक्ति पक्राउ गरेको छ।

झापा १ को सितुमारी स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट टाचन डुब्बबाट खटेको सशस्त्र प्रहरी बलको टोलीले ब्राउन सुगर सहित एक भारतीय नागरिक वर्ष २३ को राहुल मण्डललाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल २ न. गण झापाले जानकारी दिएको छ।

बि.ओ.पि. प्रमुख श्याम कुमार थापाको नेतृत्वमा गएको सशस्त्र प्रहरी बलको गस्ती टोलीले BR3N5811 नम्बरको बजाज कम्पनीको प्लाटिना मोटरसाइकल थान १ सहित ४८.५५० ग्राम लेसिलो पदार्थ फेला पारेको गणले जनाएको छ।
सशस्त्र प्रहरी बलले बरामद गरेको लागू औषध र बोकि हिड्ने अभियुक्तलाई थप कारवाहिको लागि ईलाका प्रहरी कार्यालय खुमरखोद झापामा पठाइएको बताइएको छ।

त्यसैगरी झापा गा.पा.४ लसुना इलाकाबाट टाघन डुब्बाको एफ.ओ.पि. ले ब्राउन सुगर जस्तो देखिने ६३.५९ ग्राम लेसिलो पदार्थ बरामद गरेको जानकारी प्राप्त भएको छ।
झापा गा.पा.७ बस्ने वर्ष २५ का सुनिराम हेमरनले किराना सामान बोकेको झोलामा ब्राउन सुगर जस्तो लेसिलो वस्तु लिइ हिडेको अवस्थामा बरामद गरेको हो।
बरामद गरिएको ब्राउन सुगर र पक्राउ गरिएको अभियुक्तलाई थप अनुसन्धान तथा कारवाहिको लागि इ.प्र.का. कुमर खोद झापा बुझाइएको जानकारीमा आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित