Rashtriya Dainik

पाँच राउन्ड गोलि सहित एक व्यक्ति प्रहरीकाे नियन्त्रणमा

आरपि उपाध्याय / नवलपरासी ,१४ गते

नवलपरासी (ब.स.पु.) विनयी त्रिवेणी ७ बाट प्रहरीले राइफलमा प्रयोग हुने ५ राउन्ड गोलि सहित एक व्यक्तिलाई शुक्रबार राती नियन्त्रणमा लिएको छ।

विनयी त्रिवेणी ७ अन्तर्गत नेपाल भारत अन्तर्राष्ट्रिय सिमानामा पर्ने गण्डक ब्यारेज पुलबाट विनयी त्रिवेणी ७ कै राहुल थापालाई शङ्का लागि चेकजाँच गर्दा गोलि सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ब.स.पु. ले जानकारी दिएको छ।

प्रहरीले दिएको जानकारी अनुसार नियमित गस्तीको क्रममा ईलाका प्रहरी कार्यालय त्रिवेणीका वरिष्ठ सइ सानुकाजी विष्ट को कमान्डमा निस्केको प्रहरी टोलीले राहुलमाथी शङ्का लागि चेकजाँच गर्दा एस.एल.आर. को ३ र थ्री नट थ्री राइफलमा प्रयोग हुने दुई राउन्ड गोलि बरामद गरिएको थियो।

राइफलमा प्रयोग हुने गोलि सहित प्रहरीको नियन्त्रणमा परेका अभियुक्तलाई थप कानुनी कारवाहिको लागि जिल्ला प्रहरी कार्यालय कावासोतिमा पठाइ थप कानुनी अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित