Rashtriya Dainik

गुठी प्रसौनीमा श्री राम जानकी मन्दिरको प्राण प्रतिष्ठान एवम् यज्ञको तयारी तिब्र

संजय कुशवाहा / नवलपरासी २२ चैत

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ६ गुठी परसौनीमा हुने यज्ञको तयारी तिब्र पारिएको छ ।

गुठी परसौनी गाउँबासीकाे सहयोगमा २५ लाख लागतमा निर्माण भएको मन्दिरमा यही चैत २७ गते देखि बैशाख ५ गते सम्म श्री राम जानकी मन्दिर “प्राण प्रतिष्ठान एवम् यज्ञ अनुष्ठानको तयारी तिब्र परिएको हो ।

श्री राम जानकी मन्दिरको प्राण प्रतिष्ठान एवम् यज्ञ सफल बनाउन मण्डब तयार , गेट तयार एवं प्रचार प्रसार तिब्र पारिएको यज्ञ मुल आयोजक समितिका संयोजक एवं वडा नं.६ का वडाध्यक्ष केशव अधिकारीले जानकारी दिनुभयो ।

दर्शनार्थीहरुको भब्य सहभागीता जुटाउन यज्ञ मुल समारोह समितिले दैनिक विभिन्न गतिविधि तथा भेटघाट एवं निमन्त्रणा तिब्र पारेको छ भने स्थानीय आयोजक समितिले गुठी परसौनी क्षेत्रमा सरसफाई मण्डप निर्माण दर्शनार्थी कक्ष निर्माण सरसफाई रङरोगन जस्ता कार्यहरु धमाधम अघि बढाइरहेको युवा समाजसेवी दिन बन्धु मिश्राले बताए ।

मन्दिरको प्रण प्रतिष्ठान एवम् यज्ञ सफल बनाउन मुल समितिका अध्यक्ष अधिकारीले सबैमा आग्रह गर्नुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित