आरपि उपाध्याय / नवलपरासी ,२१ चैत
इन्फिनिटी लघु वित्त वित्तीय संस्था त्रिवेणी शाखाको आयोजनामा एक दिने व्यवसायिक पशुपालन तालिम विनयी त्रिवेणी ७ को शिवपुरगढीमा बिहीबार सम्पन्न भएको छ।
त्रिवेणी शाखा प्रबन्धक गितादेवी चौधरीको अध्यक्षतामा तालिम सम्पन्न भएको हो।
तालिममा प्रमुख अतिथि समेत रहनु भएका नेपाल पत्रकार महासंघ नवलपरासीका संस्थापक सदस्य एवं राष्ट्रिय दैनिकका वरिष्ठ सम्बाददाता आर.पि. उपाध्यायले व्यवसायिक तालिमबाट पशुपालन सम्बन्धि दक्षता प्राप्त गर्न सकिने धारणा राख्दै तालिमको उपलब्धिले आयस्रोत बलियो हुने तथा कृषकको आर्थिक क्रियाकलापमा वृद्धि हुने विचार व्यक्त गर्नुभयो।
सो अवसरमा विनयी त्रिवेणी ७ की वडा सदस्य शोभा क्षेत्रीले सिपमुलक तालिमबाट महिलाहरुको जिवनस्तर बलियो हुने र त्यसबाट पशुपालन सम्बन्धि ज्ञान अभिवृद्धि हुने धारणा राख्नुभयो।

कार्यक्रममा भू.पु. सैनिक बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक सिंह बहादुर थापा लगायतले सिपमुलक तालिमको महत्वबारे प्रकाश पार्नुभएको थियो।
सो अवसरमा इन्फिनिटी लघु वित्त वित्तीय संस्थाका प्रशिक्षक कृष्ण प्रसाद पौडेलले तालिमबारे सहजीकरण गर्नुभएको थियो।
लघु वित्त वित्तीय संस्थामा ९५ शाखा रहेकोमा प्रत्येक शाखामा वर्षको एकपटक व्यवसायिक तालिम दिने नीति अनुसार व्यवसायिक पशुपालन तालिमको आयोजना गरिएको आयोजक संस्थाले बताएको छ।

तालिममा सुस्ता,प्रतापपुर गाउँपालिका र विनयी त्रिवेणीको वडा न. ६ र ७ बाट ४० सहभागीहरुको सहभागिता रहेको बताइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

