बिराटनगर / बिराटनगरको सिमावर्ति एरिया भारतको जोगबनीमा बिहिवार मोटरसाईकलमा सवार व्यक्तिहरु हाथमा पेस्तोल हल्लाउदै हिडिरहेको अवस्थामा भरतिय सिमा सुरक्षा बल एस.एस.बी. ले तिन जनालाई पक्राउ गरी नियन्त्रणमा लिएका छन । सिमा सुरक्षा बल एस.एस.बी. को ५६ औ वाहिनी तेलीयारी र जोगबनी बिओपिको सुरक्षाकर्मीहरु द्वारा नेपाल भारत सिमा स्तम्भ १८१/१ मेनगेट नजिक एक मोटरसाईकलमा सवार तिनजना व्यक्तिको साथ बाट एक थान पेस्तोल र चार राउंड गोली सहित नियंत्रणमा लिएको छ । जसमा जोगबनी पटेल नगर बस्ने वर्ष १९ को राहुल कुमार दुबे, जोगबनी नेताचौक बस्ने वर्ष २६ को संजय कुमार मन्डल र जोगबनी हाईस्कुल बस्ने वर्ष १८ को राजु कुमार मन्डललाई पेस्तोल हल्लाउदै गरिरहेको अवस्थामा नियंत्रणमा लिएको हो । त्यही पक्राउ परेका तिनै जनाले प्रयोग गरेको मोटरसाईकल पनि जफ़त गरिएको छ । उक्त पक्राउ अभियानमा एस.एस.बी. को एसआई राहुल कुमार कौसिक, एएसआई चन्दन सिंह, हेड कांस्टेबल राजिब रंजन, जयश्री कुमार संतोष कुमार रजक, धर्मेन्द्र कुमार र अशोक कुमार मीणा लगायतका सुरक्षाकर्मीहरु लागीपरेका थिए । सिमा सुरक्षा बल एस.एस.बी. ले पक्राउ गरेका व्यक्ति र मोटरसाईकल आवश्यक कार्वाहीको लागी कागजी प्रक्रिया पुरा गरी जोगबनी थानालाई बुझाएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।