आरपि उपाध्याय / नवलपरासी ,२० चैत विनयी त्रिवेणी ६ नवलपरासी (ब.स.पु.) को आयोजनामा वडा स्तरीय २०/२० क्रीकेट टुर्नामेन्टको फाइनल खेल नारायणी गण्डकी मा.वि. को खेल मैदानमा सम्पन्न भएको छ। “स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना गरिएको क्रीकेट टुर्नामेन्टको फाइनल उपाधी त्रिवेणी ब्वाइज क्लबले हासिल गर्दै नगद २० हजार सहित सिल्ड, मेडल हात पार्न सफल भएको थियो। टस जिति पहिलो ब्याटिङ गरेको शिवपुरगढी क्लबले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३७ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको त्रिवेणी ब्वाइज क्लबले ३ विकेटको क्षतिमा लक्ष्य प्राप्त गरेको हो। फाइनल उपाधी हात पारेको त्रिवेणी ब्वाइज क्लबका ब्याट्स म्यान रोहित चौधरीले नट आउट ६२ रन बनाए बापत म्यान अफ द म्याच घोषित भएको कार्यक्रम सञ्चालक रन्जित काफ्ले ले जानकारी दिनुभएको छ। उप विजेता रहेको शिवपुरगढी क्लबले दोस्रो सिल्ड सहित नगद १० हजार प्राप्त गरेको थियो। खेल संयोजक अच्युतमान श्रेष्ठको अध्यक्षतामा आयोजित समापन समारोहमा प्रमुख अतिथी समेत रहनु भएका विनयी त्रिवेणी ६ का वडाध्यक्ष नुरेन्द्र शाहले खेलकुदको माध्यमबाट युवा जनशक्तिको सर्वाङ्गिण विकास गर्न सकिने धारणा राख्नुभयो। सो अवसरमा वडा न.७ का वडाध्यक्ष उमेश कार्कीले खेलकुदलाई रमाइलो र मनोरञ्जनको साधन मात्र नबनाएर व्यवसायिक रुपमा खेल खेल्न सकिए आउदो भविष्यमा राष्ट्रले असल खेलाडी उत्पादन गर्न सकिने विचार व्यक्त गर्नु भएको थियो। चैत्र १० गतेदेखि प्रारम्भ भएको वडा स्तरीय क्रीकेट प्रतियोगितामा १० क्रीकेट टिमहरुको सहभागिता रहेको थियो। प्रतियोगितामा उत्कृष्ट ब्याट्स म्यान त्रिवेणी ब्वाइजका अनुराग सिंह र बेस्ट बलर पनि त्रिवेणी ब्वाइजकै दिनेश यादव घोषित भएका थिए। कार्यक्रममा उत्कृष्ट क्याच लिएका त्रिवेणी ब्वाइजका सुर्य रोक्का र बेस्ट सिक्सर प्रहार गर्ने त्रिवेणीकै शेखर सिंह ठकुरी घोषित भएको आयोजकले बताएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।