राजन चाैधरी / रुपन्देही ,२० चैत थारु कल्याणकारीणी सभा सियारीले नयाँ वर्ष २०८१ को शुभकामना आदनप्रदान एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ । थाकस सियारी कार्यसमितिद्वारा आयोजित कार्यक्रममा सियारी भित्रका थारु समुदायबाट शिक्षा सेवा आयोग बाट सियारी -३ हर्नैया का महेन्द्र चौधरी , ३ सितापुरबाट भिम बहादुर थारु , २ च्याङ्ठाबाट राधिका थारु र नेपाली सेनाबाट नाम निकाल्न सफल सियारी २ गणसारीका अरुन चौधरी लाई सम्मान गरिएको छ । कार्यक्रममा बोल्दै थारु जन कवि बम बहादुर थारुले थारु समुदायको भाषा , साहित्य र कला के हो ? यसलाई जगेर्ना कसरी गर्नुपर्छ भन्ने प्रष्ट पार्दै थारु भाषाको पुस्तक सम्पुर्ण थारु समुदायले अनिवार्य रुपमा अध्ययन गर्नु पर्नेमा जोड दिनु भएको थियो । यसैगरी थाकसका वरिष्ठ सल्लाहकार शिव पुजन थारुले हरेक जिल्लामा थारु बाहुल्यता भएको ठाउमा जसरी थारु भाषाको पठन पाठन भईरहेको छ । त्यसरि रुपन्देही जिल्लाको बिध्यालयमा पठन पाठन हुनु पर्दछ भन्ने आफ्नो धारणा व्यक्त गर्नु भएको थियो । त्यस्तै काक्रममा बोल्दै प्रमुख अतिथि थाकसका केन्द्रिय पार्सद अयोद्य्या थारुले थारु भाषा थारु संस्कृति गर्न संरक्षण र सम्बर्द्धन गर्नका निम्ति हरेक नगर पालिका गा.पाले थारु झुमरा नाच तालिम ,मनरा बजाउने तालिम , मयुर नाच जस्ता तालिमका लागि बजेट बिनियोजन । केही गा.पा. ले थोरै धेरै बजेट बिनियोजित गरेता पनि सोही बजेटबाट केही रकम कटौती गरि आफ्नो शिर उच्च गर्न अरु पालिकालाई र अन्य जातीका समुदाय लाई दिने गरिएको पाइएको गुनासो व्यक्त गर्नु भएको थियो । यहा बिधिको शासन हैन ब्यक्तिको शासन चलेको भनी कार्यक्रममा बताउनु भएको थियो । कार्यक्रम सभाअध्यक्ष खेम बहादुर थारुले अगामि दिनहरुमा थारु समुदायका गरिब जेहेन्दार बिद्यार्थिहरुका लागि छात्रवृत्ति , महिलाहरुका लागि आयमुलक एवं सिपमुलक तालिम जस्ता कार्यक्रम थाकसले ल्याउने प्रतिबद्धता सहित शुभकामना व्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो भने कार्यक्रम सन्चालन सचिब राजन चौधरीले गर्नु भएको थियो ।। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।