Rashtriya Dainik

वीरगन्जमा अनलाईन मार्फत लट्रि र सपिङ मार्फत ठगी , प्रहरीद्वारा तीन जना सहित ल्याप्टप बरामद

वीरगन्ज ,१८ चेत्र

जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न अनलाईन लट्रि र अनलाईन सपिङ मार्फत ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ।

प्रहरीले विभिन्न अनलाईन लट्री र अनलाईन स्पिङ लगाएतको विभिन्न प्रकारको प्रलोभन देखाई विभिन्न मानिसहरुलाई ठगी गर्ने तीन जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिई आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो।

पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कुमोध ढुंगेलले चेत्र ७ वीरगन्ज महानगरपालिका वड नम्बर १५ लक्षमानवा स्थित रहेको नन्दु पटेलको घर र बृन्दाबन होटल लगाएतको ठाऊमा  विगत लामो समय देखि अन्लाईन लटरी, अन्लाईन शॉपिंग जस्ता बिभिन्न प्रकारको प्रलोभन देखाई नेपाली तथा बिदेशीहरुबाट सर्वसाधारण नेपाली तथा बिदेशी व्यक्तीहरुलाई ठगी गरेको सूचना पाएपछि ठगि गर्नेहरलाई पक्राउ गरेको बताए।

पर्सा प्रहरीको इन्टेलिजेन्स टोलीलाई आएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१५ बस्ने नन्दु पटेलको घरमा छापा मारेर विभिन्न उपकरण सहित तीनजना चिनिया“ नागरिकलाई पक्राउ गरेको थियो ।  

पक्राउ पर्नेमा चिनको हुनान प्रान्तका नागरिक बर्ष ३३ का लियु गुई काई, हुबेई प्रान्तका २६ बर्षका वाङ बोहान र ३६ बर्षका जियाङ जियाओ रहेका छन् । काई र बोहानलाई वडा नम्बर १५ स्थित छापा मारेको स्थलबाटै पक्राउ गरेको र जियाओलाई भने वडा नम्बर ६ बाट पक्राउ पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए ।  

 छापामारी गर्ने क्रममा प्रहरीले नन्दु पटेलेको घरबाट चिनिया“ नागरिकले प्रयोग गर्ने कम्प्युटर डेक्सटप सीपीयु १२० थान, मनिटर–११८ थान, राहदानी ३ थान, मोबाईल–३५ थान, भारतीय कम्पनीको जिओ सिमकार्ड–१३ थान, ल्यापटप–४ थान, प्रिन्टर–१ थान, विभिन्न बैंकहरूका एटीएम कार्ड–३ थान समेत बरामद गरेको प्रहरी उपरीक्षक ढुंगेलले बताए ।    

त्यस्तै किबोर्ड–२६ थान, इन्टरनेटका लागि प्रयोग गरिने स्वीच–५ थान, वाईफाई राउटर २ थान, मिनी इन्भर्टर २ थान, भारतीय नम्बर प्लेटको बिआर ०१ सीएक्स ५७९२ नम्बरको हुण्डाई आई–१० गाडी, प्र.२–०३–०११ प १३६७ नम्बरको मोटरसाईकल १ थान समेत बरामद गरेको प्रहरी उपरीक्षक ढुंगेलले बताए ।  

उनीहरुको साथबाट बिभिन्न देशका मुद्राहरू (मलेशियन ३७ रिंगिट, नेपाली ५०० दरका नोट ८६ पिस गरी ४३ हजार, र कम्बोडियन मुद्रा–३५०० पनि बरामद गरेको उनले बताए । पक्राउ परेका चिनिया“ नागरिकहरुस“ग भाषामा समस्या भएकोले उपलब्ध भाषा अनुवादकबाट प्रारम्भिक अनुसन्धान शुरु गरिएको र थप अनुसन्धानका लागि भाषा अनुवादकहरु ल्याईने उनले बताए । पक्राउ परेकाहरुलाई अभद्र व्यवहार मुद्दामा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिएर जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बताए । बा“की अनुसन्धानबाट खुल्न आउने अपराधको कसुर अनुसारको कारवाही अगाडि बढाईने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।पक्राउ परेकाहरुले नेपालको भूमि प्रयोग गर्दै भारतीय नागरिकहरुलाई ठगी गर्ने र पाकिस्तानी नागरिकहरुको खातामा रकम ट्रान्सफर गरेको प्रमाण प्रहरी कार्यालयमा सुरक्षित रहेको बताईन्छ । उनीहरुले कहि दिन अघि देखि हेटौंडाका एक जना महिलाको नाममा मासिक ५० हजार भाडा तिर्ने गरी पटेलको घरमा संजाल खडा गरेका थिए ।

चिनिया नागरिकहरुले नेपाली र भारतीय एवम् पाकिस्तानी नागरिकहरुलाई समेत फसाएको हुन सक्ने आशंका गरिएको छ । पक्राउ परेका अन्य मध्ये तिन जना चिनिया नागरिक सावर्जनिक गरिए पनि अन्यलाई भने सहयोग लिन सक्ने गरी प्रहरीले प्रयास गरि रहेको समाचार छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित