अनिल बनिया/ नवलपरासी , १८ चैत
पश्चिम नवलपरासीको पाल्हिनन्दन् गाउँपालिका -१ स्थित महेशपुर भन्सार कार्यालय परिसरमा सयौँ मोटरसाइकल, ट्रक अटो र पिकअप पार्किङमा छन्। यहाँ रहेका शतप्रतिशत मोटरसाइकल प्रयोगमा आउने स्थितिमा पनि छैनन्।
भन्सार कार्यालय परिसरमा थन्किएका कतिपय मोटरसाइकलका पाटपुर्जामा खिया लागेर लिलाम नै नहुने अवस्था भएको छ । एकातिर समयमा लिलाम नहुँदा सवारी साधन कबाड बनिरहेका छन्, अर्कोतिर सवारी साधन थन्क्याउने ठाउँसमेत अभाव छ ।

“करिब ३ सय भन्दा बढी सङ्ख्यामा रहेका मोटरसाइकल, पिकअप,बोलोरो,कार,ट्रक ट्रयाक्टर ट्याम्पोलगायत सवारी साधन अहिलेसम्म लिलामी प्रक्रिया अगाडि बढेको देखिएन्न ।
विभिन्न मुद्दामा कारबाहीमा परेका व्यक्तिहरूबाट बरामद सवारी साधनहरू समयमा लिलामी हुन नसक्दा खिया लागेर नासिँदै छ ।
लामो समयदेखि कार्यालय परिसरमा थन्केको मध्ये अधिकांश सवारीसाधन पानी र घामले कामै नलाग्ने गरी बिग्रिसकेको छ । राम्रो अवस्थामा रहेको साधनको उपयोग हुने सवारी साधनहरू पनि खिया लाग्दै गइरहेको छन् । प्रहरीले चेकजाचको क्रममा नियन्त्रणमा लिएका अवैध सवारीसाधन भन्सार कार्यालयमा बुझाउने गरेको छ ।
भन्सार छलेर सामान ल्याउने,नियम विपरीत लामो समयसम्म भारतीय गाडीलाई भन्सार नतिरी नेपालमा राख्ने,विभिन्न अपराधिक मुद्दामा संलग्न तथा चोरीका सवारी साधनहरू जिल्ला भन्सार कार्यालयको मातहतमा जिम्मा लगाइएको हो ।
मुद्दाको फैसला र प्राविधिकले सवारीसाधनको पहिचान गरिसकेपछि मुल्याङ्कन समितिले तिनको मुल्याङ्कन गरि मुल्य निर्धारण गरेपछि विज्ञापन मार्फत लिलामी प्रक्रिया अघि बढाउने कानुनी व्यवस्था रहेको महेशपुर भन्सार कार्यालयले जनाएको छ ।

तर पनि अहिले सम्म कुनै पनि पहल नगर्दा महेशपुर भन्सार कार्यालयमा वर्षौँदेखि रहेको अवैध सवारीसाधनहरु लिलामी नहुँदा खिया लागेर सड्ने अवस्थामा पुगेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

