Rashtriya Dainik

अफ्नो नेतृत्व रहेको स्कुल उत्कृष्ट बनाउन नेपाल राष्ट्रिय शिक्षक संगठन आवद्ध शिक्षकहरूलाई वक्ताहरूको आग्रह ।

धर्मेन्द्र कुमार कुर्मी, कपिलवस्तु

नेपाल राष्ट्रिय शिक्षक संगठन संङ्ग आवद्ध शिक्षकहरू लाई आफ्नो नेतृत्व रहेको स्कुल लाई नमुना बनाउने गरी लाग्न वक्ताहरूले आग्रह गरेका छन् , शिवराज ५ को चेन्बर भवन चन्द्रौटामा आयोजित नेपाल राष्ट्रिय शिक्षक संगठन शिवराज नगर समितिको तेस्रो नगर अधिवेशनको उद्घाटन शत्रमा शुभकामना मन्तब्य राख्दै कार्यक्रमका अतिथि वक्ताहरूले यस्तो आग्रह गर्नुभएको हो ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका लुम्बिनी प्रदेश सभा सदस्य तथा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य अर्जुनकुमार केसी, नेपाल राष्ट्रिय शिक्षक संगठनका कपिलवस्तु जिल्ला सचिव टिकाराम घिमिरे , नेपाल राष्ट्रिय शिक्षक संगठनका लुम्बिनी प्रदेश सदस्य झबिलाल भण्डारी, नेकपा एमाले शिवराज नगरकमिटी अध्यक्ष जगतप्रसाद पौडेल, उपाध्यक्ष महादेव पोख्रेल, शिवराज ३ का वडा अध्यक्ष टेकलाल सापकोटा, पेशागत महासंघका विष्णु क्षेत्री लगायतले मन्तव्य राख्नुभएको थियो ।

अधिववेशन नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष गिरीप्रसाद गैरेको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य तथा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य अर्जुनकुमार केसीको प्रमुख आतिथ्यता, नगर उपाध्यक्ष शान्ति केसीको स्वागत र सचिव देबिराम पाण्डेको सन्चालनमा सम्पन्न भएको थियो भने सचिव देवीराम पाण्डे द्वारा साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष कमला शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित