Rashtriya Dainik

बिजयनगरमा ७० किलो अवैध कुखुरा नष्ट

धर्मेन्द्र कुमार कुर्मी/बिजयनगर,१७ चैत

कपिलवस्तुको सशस्त्र प्रहरी बल नेपाल विजयनगर (बि७०ओेपी)ले अवैध ब्रोइलर कुखुरा नष्ट गरेको छ । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको विजयनगर गाउँपालिकाको वडा नम्बर ५ कटनियाबाट बरामद गरिएको ७० किलो ब्रोइलर कुखुरा शुक्रबार नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल विजयनगरका सशस्त्र प्रहरी निरीक्षक सन्तोष डाँगीले तस्करले अवैध रुपमा भारतबाट नेपालतर्फ चोरी पैठारी गरि ल्याउँदै ओसार पसार गर्न लागि रहेको ब्रोइलर कुखुरा बरामद गरि नष्ट गरिएको बताए । उनले बरामद गरिएको कुखुराको अन्दाजी मूल्य १७ हजार ५ सय रुपैयाँ बराबरको रहेको बताए ।

प्रहरीका अनुसार सशस्त्र प्रहरी बल (बिओेपी) विजयनगरका सशस्त्र प्रहरी सहायक निरीक्षक जनक मल्लको कमाण्डमा खटिएको ७ जना र नेपाल प्रहरी चौकी ठाकुरापुरका प्रहरी सहायक निरीक्षक राम मिलन हरिजनको कमाण्डमा खटिएको ३ जनाको संयुक्त गस्ती टोलीले उक्त अवैध कुखुरा बरामद गरेको हो ।

पशु क्वारेन्टाइनका प्रतिनिधि कृष्णनगरका डा. दयाराम चौधरी र जनप्रतिनिधि, स्थानीय, सञ्चारकर्मीको रोहबरमा पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा ८ र ९ अनुसार अवैध कुखुरालाई नष्ट गरिएको सशस्त्र प्रहरी बल विजयनगरले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित