Rashtriya Dainik

बझाङमा विभिन्न पार्टी परित्याग गरि दर्जनौ कार्यकर्ता नेकपा एसमा प्रवेश

बझाङ – बझाङमा विभिन्न पार्टी परित्याग गरी दर्जनौ नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादिमा प्रवेश गरेका छन् । 
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादि केदारस्यु गाउँ कमिटि ले बुधबार राखेको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन ।
यसरी पार्टी प्रवेश गर्नेमा नेपाली कांग्रेस , नेकपा एमाले , राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता रहेका छन् ।
नव प्रवेशी कार्यकर्ता लाई माननिय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले टिकाई लगाइ पार्टीमा स्वागत गर्नु भएकाे छ ।


नेपाली कांग्रेस बाट २०७४ सालबाट निर्बाचित वडा सदस्य कलक बहादुर बि.क त्यस्तै नेपाली कांग्रेसकाै सिद्ध बि.क, काल्चे वड,रामबहादुर जेठारा,नर जेठारा, दमन जेठारा, ललित बाेहरा, त्यस्तै ने.क.पा ऐमाले बाट प्रेम सार्की,धर्मराज गिरि,रविन धामि,अनिल धामी र राष्ट्रिय स्वोतन्त्र पार्टी का प्रेम बोहरा गरि दर्जनौ कार्यकर्ताहरुले पार्टी प्रवेश गरेका हुन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित