पार्वती आचार्य /कपिलवस्तु,१६ चैत
कृषि हाटबजार व्यवसायी संघ कपिलवस्तुको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । कृषि हाटबजार व्यवसायी संघ कपिलवस्तु बाणगंगा नगरपालिका ३ को आयोजनामा सिद्धार्थ क्याम्पस बुंचीको सभाहलमा सम्पन्न गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी बाणगंगा नगरपालिकाका उपमेयर रिता कुमारी चौधरीले सबै व्यवसायीसंघले एकरुपता कायम गर्दै अगाडी बढ्न सके कार्यहरु सम्पादन गर्न कठिनाई नहुने बताउनु भयो । छुट्टा छुट्टै व्यवसायी संघ गठन गर्दा सदभाव कायम नहुने भएकोले नगरपालिका भित्रका सम्पूर्ण कृषकहरु एकजुट हुनुपर्ने उहाँले बताउनु भयो । हाटबजारलाई व्यवस्थित बनाउन स्थानिय सरकार तयार रहेको र केही हाटबजारहरुमा केही टहराहरु समेत निर्माण गरिएको उप प्रमुख चौधरीले बताउनु भयो ।

कृषकहरुले उत्पादन गरेको तरकारीहरु कृषिक व्यवसायीहरुले निशुल्क रुपमा टहरामा बसेर बिक्रिबितरण गर्न सहज होस भन्ने उद्देयले टहराहरु व्यस्थापन गरिएको बताउनु भयो । केही हाटबजारमा खानेपानी र सौचालयको आवश्यकता सहितको गुनासोहरु सुन्दै आएको हुँदा यस कृषि हाटबजार व्यवसायी संघले बिभिन्न खाल्का सेवाहरु लिनका लागि नगरपालिकामा माग गर्न आग्रह गर्नुभयो ।
यस्तै नगरपालिकाले बिभिन्न खाल्का जैबिक प्रांङ्गण मल र जैबिक बिषादीको प्रयोग गर्नुपर्छ भन्ने उद्देश्यले सहकारी तथा आईपीएम कक्षाहरु संचालन गर्दै आएको बताउनु भयो । बिसानहरुको लागि उन्नत जातका बिउबिजनहरु र मिनिटिलर लगाएतका कृषि औजारहरु कृषक समूहहरुलाई सहकारी मार्फत अनुदान दिंदै आएको बताउँदै सो सेवामा कोही कृषहरु छुटेको भए आफ्नो समूह मार्फत निबेदन दिई माग गर्न समेत उप प्रमुख चौधरीले आग्रह गर्नुभयो ।
कार्यक्रमका बिशिष्ट अतिथी उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले कृषि हाटबजार व्यवसायी संघ कपिलवस्तुले बजारमा छ्यापछ्यापती बिक्रि हुने अखाद्यबस्तुहरुको न्यूनिकरण गर्न यस व्यवसायी संघ र उपोक्ताहरु सचेत भएर लाग्नु जरुरी भएको बताउनु भयो । कृषकहरुले उत्पादन गरेका सामाग्रीहरु आम उपभोक्ताहरुसंग सहज रुपमा उपलब्ध गराउनु पर्नेमा जोड दिंदै पछिल्लो समयमा बिचौलियाहरुले गर्दा व्यवसायीहरुमा समस्याहरु बढ्दै आएको हुँदा व्यवसायीहरु सो बिषयमा सचेत हुनुपर्ने बताउनु भयो । कृषि हाटबजार व्यवसायी संघले बिभिन्न कार्यहरु संचालन गर्दा उद्योग व्यापार संघ कपिलवस्तुसंग सममन्वय गरे संघको पूर्ण साथ सहयोग रहने प्रतिवद्धता जनाउनु भयो ।
नेपाल फार्मेसी संघ कपिलवस्तुका अध्यक्ष रमेश शर्मा , कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई , खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला अध्यक्ष राजेन्द्र बिक्रम शाह , सिद्धार्थ बजार बिकास समितीका अध्यक्ष बिस्नु थापा लगाएतले आ आफ्नो धारणा राख्दै यस कृषि हाटबजार व्यवसायी संघले समग्र व्यवसायीहरुको उद्देश्य र लक्ष्य हासिल गर्न सफल होस भन्ने शुभकामना दिंदै कृषि व्यवसायीहरुको हकहितका लागि संघले योजना बनाएर व्यवसायलाई एकतावद्ध रुपमा अगाडी बढाउनुपर्नेमा जोडदिएका थिए ।
प्रथम साधारण सभा श्री कृषि हाटबजार व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष ज्ञान बहादुर थापाको अध्यक्षतामा संघका कोषाध्यक्ष ललिता खरेलको स्वागत मन्तव्य तथा संघका सचिव डिल्लिराज शर्माको संचालनमा सम्पन्न कार्यक्रममा व्यवसायीसंघका पदाधिकारीहरु , व्यवसायीहरु , बिभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधि तथा संचारकर्मी लगाएतको उपस्थिती रहेको थियो ।
यसैबिच प्रथम साधारण सभाको भेलाले ९ जनाको नयाँ कार्यसमिती निर्विरोध चयन गरेको छ । श्री कृषि हाटबजार व्यवसायी संघको अध्यक्षमा ज्ञान बहादुर थापा निर्विरोध अध्यक्ष पदमा चयन हुनु भएको छ । जसको उपाध्यक्षमा जमाल अहम्मद मुसलमान , सचिवमा डिल्लिराज शर्मा , सह सचिवमा टेकराज पाण्डे , कोषाध्यक्षमा ललिता खरेल चयन हुनु भएको हो । यसैगरी सदस्यहरुमा लक्ष्मी सापकोटा , सुनिता पाण्डे , सारदा बिसी र बसन्ती बिक चयन भएको कृषि हाटबजार व्यवसायी संघ कपिलवस्तुले जनाएको छ । साधारण सभा तथा अधिबेसनले लेखा समिती समेत चयन गरेको छ ।

नव निर्वाचित अध्यक्ष ज्ञान बहादुर थापाले श्री कृषि हाटबजार व्यवसायी संघ कपिलवस्तुलाई अगाडी बढाउन बिभिन्न संघ , सस्था र स्थानियतहसंग समन्वय गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाउनु भयो । संघको उद्देश्य भनेको स्थानिय कृषि उत्पादनलाई आधुनिकीकरण गर्दै बजारीकरण व्यवस्थित गर्ने र सबैतर्फका उपभोक्ताहरुलाई सहज वातावरणको सृजना गर्ने र प्रत्येक हाटबजारमा गएर उपभोक्ताहरुलाई सेवा दिने अध्यक्ष थापाले बताउनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

