राष्ट्रिय दैनिक / नवलपरासी ,१६ चैत
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ७ सुर्यपुरा स्थीत गण्डक नहरमा डल्फिन भेटिएको छ ।
भेटिएको डल्फिनलाई शुक्रबार दिउसो स्थानिय, वन रक्षक तथा प्रहरीको सहयोगमा उद्धार गरी पुर्वि नवलपरासीको त्रिवेणी स्थीत नारायणी नदिमा छाडिएको छ।
केही दिन देखि सुर्यपुरामा रहेको गण्डक विद्युत गृहको बाँध आसपास पानी कम भएको मौकामा स्थानीयले डल्फिनको खोजी गर्दै आएका थिए । उक्त डल्फिल त्रिवेणीस्थित गण्डक बाँधबाट भारतीय नहर हुदै सुर्यपुरा विद्युत गृहको बाँधसम्म आईपुगेको हुन सक्ने प्रहरीले बताएका छन ।

पश्चिमी गण्डक नहरमा भेटिएर उद्घार गरिएको डल्फिन अनुमानित ७० देखि ७५ किलोको रहेको र लम्बाई ६ फिट भन्दा बढी रहेको जिल्ला बन कार्यालयले जनाएको छ ।
एक घण्टामा झण्डै ६० किलोमिटरसम्मको गतिमा यात्रा गर्न सक्ने डल्फिन नेपालमा पाइने एकमात्र स्तनधारी जलचर प्राणी हो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

