– राजकुमार यादव ( रौतहट )
गढीमाई रौतहटका बिद्यालयहरुमा आज शुक्रबार संयुक्त अनुगमण सम्पन्न भएको छ । गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवको नेतृत्वमा भएको अनुगमण कार्य सम्पन्न भएको हो । उक्त अनुगमणमा गढीमाइ नगरपालिकाका उप प्रमुख स्मिता कुमारी यादव , प्रमुख प्रशासकिय अधिकृत श्री देव यादव, शिक्षा शाखाका कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो ।
युरोपियन युनियन र युके एडको आर्थिक सहयोग तथा भि.एस.ओ नेपालको साझेदारीमा जन जागरण युवा क्लब,बाराले बिगत ३ बर्ष देखी गढीमाई नगरपालिकाको ५ वटा बिद्यालयमा सहयात्रा र एक्टिभ नामक परियोजना संचालन गर्दै आएको छ । उक्त अनुगमण त्यसै परियोजना अन्तर्गत जन जागरण युवा क्लब, बाराले गराएको हो । सो पालिकामा अनुगमण संगै परियोजना संचालित चारवटा बिद्यालय आदर्श आधारभुत विधालय सिंगारवन , मावि विरनगरा, मावि धनहारी धर्मपुर र शंकर गुदर माध्यमिक विधालय समनपुरमा डिजिटल सिकाईका लागि ४३ इन्चको स्यामसुङ्ग टिभि समेत हस्तनान्तरण गरेको छ ।
उक्त परियोजनाले गुणस्तरीय समावेशी शिक्षामा योग्दान गरेको तथा बिद्यालयमा बाल क्लब, बालिका तथा समावेशी शिक्षा संजाल, गुणासो सुनुवाई संयन्त्र जस्ता संरचनाहरुले राम्रो काम गरि रहेको जस्ले गर्दा बालिका तथा अपाङ्गता भएका बालबालिकाहरु लगायत सिमान्तकृत समुदायको बालबालिकाहरुमा र अभिभावकहरुमा पढाई प्रतिको रुचि तथा सहजता भएको अनुगमण टोलीले बताए ।

यस परियोजनाले अभिभावक तथा बिद्यालय बिचको दुरी घटाउन प्रभावकारी साबित भएको बताए । सो अनुगमणमा गढीमाई नगरपालिकाका – ६ का वडाध्यक्ष राम सिंहासन यादव , सहायक शिक्षा संयोजक संजय कुमार यादव , जन जागरण युवा क्लबका उपाध्यक्ष राजदेव साह, सचिव प्रियंका दास, कार्यक्रम प्रवन्धक मनोज यादव, संयोजक कौशल साह तथा भि.एस.ओका देवी न्योपाने समेतको सहभागीता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

