Rashtriya Dainik

मातृभाषा सेवी एवम् नेपालकाे पहिलाे केमिकल इन्जिनियर राजदास श्रेष्ठकाे निधन

काठमाडाैं । नेपालकाे पहिलाे केमिकल इन्जिनियर राजदास श्रेष्ठकाे निधन ७६ बर्षकाे उमेरमा अकल्पनिय निधन भएको छ ।

मातृभाषासेवी, समाजसेवी चर्चित साहित्यकारसमेत रहेका राजदास श्रेष्ठ आज भन्दा एक हप्ता अगाडि शंखरापुर नगरपालिकाको सुष्मा कोइराला मेमोरियल अस्पतालमा औषधोपचार जारी रहेकोमा बिहिबार चैत्र १५ गते निधन भएको थियाे। पारिवारिक स्रोतका अनुसार गत चैत्र ७ गते बिहान विष सेवन गरेपश्चात अशक्त भएका अस्पताल भर्ना गरेको थियो । अस्पताल भर्ना पश्चात अचेत भएका बेहोस अवस्थामा उहाँ निधन भएको थियो ।

उहाँसित नजिकको भाषिक कार्यकर्ताहरुका अनुसार बितेको केही हप्ता अगाडि आफूलाई आर्थिक समस्या भएको कुरा सुनाएको थियो । तसर्थ उहाँले आफ्नो जग्गा बेच्नको लागि प्रयास गरेको हो । अहिलेसम्म के कारणले विष सेवन गरेको सो पत्ता लगाउन सकेको छैन । प्रहरीले उहाँ बस्ने घरमा छानबिन पश्चात सुसाइड नोट पनि भेटाइएको जानकारी दिएपनि प्रहरीले त्यसको विवरण भने सार्वजनिक गरेको छैन ।

आज भन्दा करिब २ बर्ष अगाडि संखारापुर नगरपालिकाको घर छोडेर चौकी भञ्ज्याङमा एकान्त र रमणीय घरमा बस्दै आइरहनु भएको थियो । स्वीमिङ पुलसमेत भएको तथा चारै तिरबाट खेति पाति गरिहेको सो घरमा नेपालभाषाका साहित्यकारहरुलाई बेलाबखतमा बोलाउने तथा सोही घरमा यस बर्ष महाकवि गिरिजाप्रसाद जोशीको ८६ औं जन्मोउत्सवको आयोजना गर्ने कार्यक्रम राखेको थियो । उहाँ महाकवि जोशीसित नजिकका साहित्यिक अनुरागी हुन्।

दिवंगत श्रेष्ठको भौतिक शरीरलाई पोष्टमार्टम गरी टिचिङ अस्पतालमा पोष्टर्माटम पश्चात पशुपतिमा अन्तिम संस्कार गरिएकाे छ । दिवंगत श्रेष्ठका जेठा छाेरा अलेकजेण्डर (शाशा)श्रेष्ठ र डेनीश श्रेष्ठ रहेको छन् । दिवंगत राजदास श्रेष्ठ भ्यालेन्टीना श्रेष्ठ निर्मला श्रेष्ठ वैवाहिक जीवनमा बाधिएका थिए ।

केही महिना अगाडि दिवंगत श्रेष्ठलाई यस बर्षको ‘प्रेममोहन सिरपाः’ हस्तातरण गरिएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित