माघ ९,बुटवल । सेवाग्राही सँग घूस लिदालिदै रुपन्देही अदालतका दुई कर्मचारी पक्राउ परेका छन् । राष्ट्रिय अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले दुई कर्मचारीलाइ पक्राउ गरेको हो । रुपन्देही अदालत नापीसर्वेक्षक सुमित चौलागाई र मनोज थापालाई पाँच हजार रकम सहित अख्तियार टोलीले पक्राउ गरेको आयोगका प्रबक्ता सुरेश भुसालले बताए । अदालतमा बिचाराधीन जग्गा बिबाद बारे कोेटहीमाई गाँउपालिका वडा नं.१ बोगदिया गाँउमा जग्गा नाप्न जाँदा सेवागह्री सँग पाँच हजार घूस लिने क्रममा स्थानीयले दिएको गोप्य सुचनाको आधारमा अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।