आरपि उपाध्याय / नवलपरासी ,१५ चैत
नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले सम्बाद यात्राको क्रममा आएका समस्यालाई बजेट अधिवेशन अगावै सरकारको ध्यानाकर्षण गर्ने बताउनु भएको छ।
पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाको गुठीसुर्यपुरामा जननायक बि.पि.कोइरालाको शालिकमा माल्यार्पण गर्दै महामन्त्री थापाले सरकारले गरेको कामलाई खबरदारी गर्दै नागरिकको समस्या र पिडालाई नेपाली काङ्ग्रेसले सदैव उच्च सम्मानका साथ समाधान गर्दै जाने बताउनु भयो।
सुर्यपुरामा सञ्चारकर्मीद्वारा सोधिएको एक प्रश्नको जवाफ दिदै थापाले पार्टीमा मौलाएको अनुशासनहिनतालाई पार्टीको विधि विधान अनुसार अनुशासन विभागबाटै प्रक्रिया बमोजिम अगाडि बढ्ने जिकिर गर्नुभयो ।
सो अवसरमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कडेल, नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनाल, संविधान सभा सदस्य देवकरण कलवार, पार्टीका जिल्ला सचिव उमेशचन्द्र यादव लगायत ठूलो सङ्ख्यामा नेपाली काङ्ग्रेसको नेता र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा संविधान सभा सदस्य समेत रहनुभएका लुम्बिनी प्रदेश सभा सदस्य देवकरण कलवारले स्थानीय किसानहरूको समस्या समेतको ध्यानाकर्षण पत्र महामन्त्री थापालाई बुझाउनु भएको जानकारी प्राप्त भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

