नवलपरासी , १५ चैत
नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कमिटी नवलपरासीले निशुल्क पोसाक बितरण गरेको छ । युनियनले जिलाफको सहयोगमा संचालित अनौपचारिक शिक्षा केन्द्र प्रतापपुर १ भिठठामा ४६ जना श्रमिकका बालबालिकाहरुलाई पोसाक बितरण गरेको हो ।
नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कमिटी नवलपरासीका अध्यक्ष ज्ञानहरि अर्यालको अध्यक्षता तथा प्रतापपुर गाउपालिका उपाध्यक्ष मानकुमारी चौधरीको प्रमुख आतिथ्यतामा श्रमिकका बालबालिकाहरुलाई पोसाक बितरण गरिएको आयोजकले जनाएको छ ।
पोसाक बितरण गर्दै ट्रेड युनियन कांग्रेस नवलपरासीका अध्यक्ष अर्यालले श्रमिकहरु हरेक क्षेत्रमा सबैभन्दा बढी मारमा पर्ने हुदा उनीहरुको बच्चाहरुको अध्ययन अध्यापनमा केही सहजता प्रदान गर्ने उदेश्यले पोसाक बितरण गरीएको अध्यक्ष अर्यालले बताउनु भएको छ । यस्तै गरी प्रतापपुर गाउपालिका उपाध्यक्ष चौधरीले श्रमिकहरुको हकहितका बारेमा गाउपालिकाले नितीनिमार्ण गरी काम गर्ने बताउनु भएको छ ।

कार्यक्रममा प्रतापपुर गाउपालिका वडा नम्बर १ का वडाध्यक्ष महेन्द्र चौधरी, ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेश सहसचिव सदानन्द गुप्ता, ट्रेड युनियन कांग्रेस उपाध्यक्ष जमुना पाठक, टेक प्रसाद न्यौपाने, ट्रेड युनियन कांग्रेस प्रतापपुर अध्यक्ष मान बहादुर चौधरी, पशुपति शिक्षा मन्दिरका प्रध्यानाध्यापक महेन्द्र प्रताप सिंह लगायतको सहभागिता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

