राजन कुमार बानिया/पर्सा ,१५ चैत
पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ धरमपुर टोलामा सुविधासम्पन्न स्वास्थ्य चौकी भवन निर्माण कार्य सुरु भएको छ । यस्तै धरमपुर टोलमै नाला निर्माण कार्यपनि सुरु गरिएको छ ।
बुधबार पूर्व उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री समेत रहेका पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधी सभा सदस्य रमेश रिजालले स्वास्थ्य चौकी भवन र नाला निर्माण कार्यको एक साथ शिलान्यास गरेका हुन् ।
धररमपुरमा ४५ लाख रुपैयाँको लागतमा स्वास्थ्य चौकी भवनको निर्माण गर्न थालिएको हो । मधेस प्रदेश सरकारको २५ लाख र जगरनाथपुर गाँउपालिकाको २० लाख गरी कूल ४५ लाख रुपैयाको लागतमा उक्त स्वास्थ्य चौकी भवन निर्माण गर्न लागिएको गाँउपालिका अध्यक्ष श्रीकान्त यादवले बताए ।
यस्तै प्रदेश सरकारले दिएको ५० लाख र गाँउपाििलकाको ९ लाख गरी कूल ५९ लाख रुपैयाँको लागतमा ३ सय १५ मिटर लम्बाईको पक्की नालाको निर्माणपनि गर्न लागिएको यादवले जानकारी दिए। स्वास्थ्य चौकी भवन र नाला दुवैको निर्माण कार्य उपभोक्ता समिति मार्फत गर्न लागिएको उनले बताए ।
गाउँपालिका अध्यक्ष यादवको अध्यक्षता तथा पूर्वमन्त्री रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न शिलान्यास कार्यक्रममा वडाध्यक्ष बिहारी महतो नुनिया , कांग्रेस नेता प्रेम थापा ,शिक्षाप्रैमी लालदेव यादव लगायतको पनि उपस्थिती रहेको कांग्रेसका युवा नेता मन्जय गिरिले जानकारी दिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

