आरपि उपाध्याय / नवलपरासी ,१५ चैत
माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एस.इ.इ.) आउदै गर्दा नारायणी गण्डकी साधारण तथा संस्कृत मा.वि. विनयी त्रिवेणी ६ मा परीक्षा सञ्चालन सम्बन्धि सरोकारवालाहरुको भेला त्रिवेणीमा बुधबार सम्पन्न भएको छ।
नवलपुर जिल्लाको दक्षिण तर्फ सिमावर्ती क्षेत्रको त्रिवेणीमा सञ्चालन हुने एस.इ.इ. परीक्षामा सामुदायिक र संस्थागत गरि ५ विद्यालयका विद्यार्थीहरुले भयरहित र सुविधायुक्त ढङ्गबाट परीक्षा दिलाउने व्यवस्था मिलाइएको विद्यालयका प्रधानाध्यापक दिनेश कुमार पाण्डेले जानकारी दिनुभएको छ।
परीक्षा सञ्चालन सम्बन्धि बसेको भेलामा विद्यालय व्यवस्थापन समिति, सुरक्षा निकायका प्रमुख,विनयी त्रिवेणी वडा न.६ र ७ मा रहेको सामुदायिक र संस्थागत विद्यालयका प्र.अ. हरुको उपस्थिति रहेकोे थियो।
एस.इ.इ. परीक्षा सञ्चालन गर्न केन्द्र प्रमुखको रुपमा खटिनु भएका विष्णुप्रसाद भट्टराईले परीक्षालाई अनुशासित,मर्यादित ढङ्गबाट सञ्चालन गर्न सम्बन्धित सबैलाई आग्रह गर्नु भएको थियो।

विनयी त्रिवेणी वडा न.६ र ७ बाट पाँच मा.वि. का कुल १८५ विद्यार्थीहरु एस.इ.इ. परीक्षामा सहभागी रहने केन्द्र प्रमुख भट्टराईले जानकारी दिनुभएको छ।
एस.इ.इ. परीक्षा चैत्र १५ गते विहीबार देखि चैत्र २७ गतेसम्म सञ्चालन हुने बताइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

