राष्ट्रिय दैनिक / नवलपरासी, चैत १३
जिल्ला प्रहरी कार्यालय नवलपरासीले ट्राफिक नियम उल्लंघन गरेर सवारी चलाउने गर्ने स्कुटर , मोटरसाइकल तिन जना सवार, हेल्मेट नलाएको, ओभर स्पिड आदी ट्राफिक नियम उल्लंघन गर्ने ७४ जना लाई कारवाहीमा लिएको छ ।

होली पर्वलाई मर्यादित र व्यवस्थित बनाउन सुरक्षा व्यवस्थालाई थप कसिलो बनाइएको लागि जिल्ला भित्र ४९ स्थानमा चेकिङ राखिएको र ३९५ जना प्रहरी परिचालन गरिएको थियो भने १७ जना (होली खेल्दा खेल्दै विवाद भई कुटपिट मा ७ जना , एक आपसमा वादविवाद गरेको ३ जना, मा.प.से. गरी सवारी साधन चलाएको ७ जना लाई पक्राउ गरि आवश्यक कारवाही गरीने जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।
उनले सभा तथा कार्यक्रमहरू गरी भिडभाड गर्ने, जबर्जस्ती रङ्ग तथा पानीका लोला हान्ने, गहना लुट्ने जस्ता उच्छृङ्खल गतिविधि हुने हुँदा सो कार्य रोक्न सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए ।
नेपाल प्रहरी र ट्राफिक प्रहरीले नवलपरासी जिल्लाका विभिन्न स्थान र मुख्यबजारका चोकहरुमा होलीको बाहानामा कुनै पनि घटना नहोस भन्ने उद्देश्यले चेक जाँचलाई कडाइ गरेको थियो ।
होली पर्वलाई लक्षित गर्दै ठाउँ ठाउँमा प्रहरी खटाएको थियोे।सोहीक्रममा मोटरसाइकलमा तीनजना चड्ने, हेलमेट नलगाई मोटरसाइकल हाक्ने र लाइसेन्स नभएका सवारी साधन र माधकपदार्थ सेवन गरी हल्लागरि झगडा गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरुमाथि आवश्यक कारवाही गरीने र शान्तिपूर्ण ले होलि सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीको सुचना अधिकारी रेशम बोहराले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

