आरपि उपाध्याय / नवलपरासी ,१३ चैत
राष्ट्रिय भुमी अधिकार मञ्च केउलानी विनयी त्रिवेणी ६ पुर्वी नवलपरासीको आयोजनामा भुमि समस्या समाधान गर्न वृहत अन्तर्कृया कार्यक्रम त्रिवेणीमा सम्पन्न भएको छ।
भुमि अधिकार मञ्च केउलानी विनयी त्रिवेणी ६ का अध्यक्ष टेक बहादुर क्षेत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले जनताले उठान गरेका समस्यालाई पालिका सरकारले पूरा गर्ने अठोटका साथ अगाडि बढेको बताउनु भएको छ।
अध्यक्ष गिरीले पाँच वर्षीय कार्यकालमा जनता संग गरेको बाचालाई पूरा गर्न नेतृत्वमा आएको पालिका सरकारले आफ्नो वचनबद्दतालाई अढाई वर्ष भित्रै पूरा गरेर देखाउने जिकिर गर्नुभयो।
लामो समयदेखी जग्गा जोतभोग गर्दै आएका विनयी त्रिवेणी ६ का भुमिहिन सुकुम्बासीलाई आवश्यक प्रक्रिया पुरा गरेर जग्गाको मालिक बनाएरै छोड्ने अध्यक्ष गिरीको भनाइ रहेको थियो।
सो अवसरमा विनयी त्रिवेणी गाउँपालिका उपाध्यक्ष भगवती बैधवारले जनताको साथ र सहयोग पाएमा नागरिकको समस्या समाधान गर्दै भुमिहिन सुकुम्बासीहरुको माग न्यायोचित भएकोले सुकुम्बासीको माग पूरा गर्ने तर्फ पालिकाको गम्भीर ध्यानाकर्षण रहेको बताउनु भयो।
कार्यक्रममा विनयी त्रिवेणी ६ का वडाध्यक्ष नुरेन्द्र शाह,पुर्व वडा अध्यक्ष प्रीतम गुरुङ,राष्ट्रिय भुमी अधिकार मञ्च नवलपुरका अध्यक्ष भैरब गुरुङ,भुमी अधिकार मञ्चकै केन्द्रीय सदस्य मनरुपा कुमाल,भुमी अगुवाहरु शालिकराम तिमिल्सिना,मोहन घिमिरे,केदारनाथ पाण्डे,रमाकान्त शर्मा,डोल बहादुर गुरुङ लगायतले भुमी अधिकार मञ्चद्वारा प्रेषित माग उपर राज्य गम्भीर नभएको धारणा राख्दै भुमीहिनहरुको माग माथी तत्काल ध्यान पुर्याउनुपर्ने विचार व्यक्त गरेका थिए।

विनयी त्रिवेणी ६ मा २०२५ सालदेखि जग्गा जोतभोग गर्दै आएका भुमिहिनहरुको जग्गा नक्साङ्कन नभएकोमा तत्काल पालिकाको अगुवाइमा नक्साङ्कन कार्य पूरा गर्न सुझाव समेत दिइएको थियो।
राष्ट्रिय भुमिगत अधिकार मञ्चको माग उपर बेवस्ता गरिएमा मञ्चले थप दबाबमूलक कार्य गरिने पनि चेतावनी दिएका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

