Rashtriya Dainik

सरावलकाे ललितपुरमा राजा भाेजपुरीया , सिवांगी साहु लगाएतकाे प्रस्तुति रहने

राष्ट्रिय दैनिक / नवलपरासी ,१३ चैत

पश्चिम नवलपरासी सरावल गाउँपालिका वडा नं ४ ललितपुरमा मधेश साँस्कृतिक महाेत्सवको मेलामा आज मंगलबार बहुचर्चित भाेजपुरी गायक एवं अभिनेता राजा भाेजपुरीया र अभिनेत्री सिवांगी साहु लगायतका कलाकार आउने भएका छन ।

सरावल गाउँपालिका वडा नं ४ ललितपुरमा आजदेखि सन्चालन हुने मधेश साँस्कृतिक महाेत्सवको पहिलो दिनमा बहुचर्चित भाेजपुरी गायक एवं अभिनेता राजा भाेजपुरीया र अभिनेत्री सिवांगी साहु , पहलवान देवा थापा ,पहलवान केशव दास लगाएत नेपाल र भारतका पहलवान आउने वडा नम्बर ४ का वडा अध्यक्ष सुरेश यादवले जानकारी दिनुभएको छ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकार सहित मधेसी समुदायको भेष भुषा झल्किने सांस्कृतिक प्रस्तुति पनि रहने वडा अध्यक्ष यादवले बताउनुभयो ।

महाेत्सव चैत १३ देखि १४ गतेसम्म सञ्चालन हुनेछ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित