Rashtriya Dainik

सरावल गाउँपालिकामा होली मिलन कार्यक्रम

राष्ट्रिय दैनिक / नवलपरासी ,१२ चैत

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले आयोजना गरेको हाेली पर्वमाे अवसरमा होली मिलन कार्यक्रम सम्पन भएको छ ।

पालिकाको प्रांगणमा आयोजना गरिएको होली मिलन तथा शुभकामना अदानप्रदान कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राकाे अध्यक्षता तथा पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यता भब्य रुपमा सम्पन्न गरिएको हाे ।

शुभकामना अदानप्रदान कार्यक्रमको सम्बोधन गर्दै पालिका अध्यक्ष चाैधरीले रङ्गको पावन पर्व होलीको सम्पुर्णमा हार्दिक शुभकामना सहित सभ्य तथा भब्य रुपमा मनाउन आग्रह समेत गर्नुभएको थियो । सोहि प्रशंगमा अध्यक्ष चाैधरीले असत्यमाथि सत्यको बिजय भएको उपल्क्षयमा यो होलि पर्व मनाउदैँ आईरहेको बताउनु भयो । होलीलाई खुसी, सद्भाव तथा भाइचारा अभिवृद्धि गर्ने पर्वका रूपमा लिने गरेको बताउदै पालिकाबासी सम्पुर्णमा हाेलिकाे शुभकामना दिनुभएको थियो ।


त्यस्तै उपाध्यक्ष बासमति हरिजनले होली नेपालीहरूको महान पर्व भएकोले यसलाई सबैले मिलेर अनुशासित तरिकाले होली मनाउन आग्रह गर्दै होलीको शुभकामना व्यक्त गर्नुभएको थियो।विदेशी कला संस्कृतिको सिको गर्दै आफ्ना परम्परालाई भुल्दै गएको हाम्रो समाजमा होली पर्वको अस्तित्व जोगाउन साथै समाजका सबै संग भाईचारा कायम गर्न यस्ता कार्यक्रम गरिनु पर्ने बताउनुभयो । साथै सबैजना हाेली अनुशासित तरिकाले हाेलि खेल्न आग्रह गर्दै हाेलिकाे शुभकामना दिनुभएको थियोे ।


त्यस्तै प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राले रङको पर्व भनिने होलीमा परिवार, इष्टमित्र तथा साथीभाइबीच एकापसमा विभिन्न रङ दलेर खुशियाली साटासाट गर्न सबैलाई आग्रह गर्नुभयो । हाेलि मर्यादित दंगले उत्साहपुर्बक मनाउनुपर्ने बताउदै होलीले नेपालीबीच मेलमिलाप, आपसी सद्भाव कायम राख्नेछ भन्दै शुभकामना व्यक्त गर्नुभएको थियोे ।

त्यस्तै कार्यक्रममा सहभागी वक्ताहरुले पर्वको माध्यमबाट सामाजिक सद्भाव सहितको भाइचाराको अभिवृद्धि गर्न सघाउ पुग्ने अभिब्यक्ति राखेका थिए।

कार्यक्रममा सहभागीहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा पालिकाका कर्मचारी र जनप्रतिनिधिबिच एक अर्कालाई रङ्ग अबिर लगाएर माया साटासाट गरी शुभकामना आदान प्रदान समेत गरिएको थियो ।

होली मिलन कार्यक्रम अन्तर्गत घैटाे फाेर कार्यक्रम समेत गरिएको थियो ।

कार्यक्रमको संचालन लेखापाल नरेह काेहारले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित