आरपि उपाध्याय / नवलपरासी ,११ चैत
विश्व क्षयरोग दिवसको उपलक्ष्यमा विनयी त्रिवेणी ७ मा स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
त्रिवेणी सुस्ता स्वास्थ्य चौकी विनयी त्रिवेणीको आयोजनामा क्षयरोग सम्बन्धि जनचेतनामूलक कार्यक्रम मनाइएको हो।

“हामी क्षयरोग अन्त्य गर्छौं” भन्ने मुल नाराका साथ मनाइएको जनचेतनामूलक कार्यक्रममा स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारी र अन्य सर्वसाधारणको उपस्थिति रहेको थियो।
विनयी त्रिवेणी ७ कि महिला सदस्य शोभा क्षेत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको बताइएको छ।
सो अवसरमा त्रिवेणी सुस्ता स्वास्थ्य चौकीका प्रमुख रघुनाथ भट्टराईले क्षयरोगको पहिचान गरि निवारणका लागि गरिने उपायबारे सहजीकरण गर्नुभएको थियो।

विनयी त्रिवेणी ७ मा ४ को सङ्ख्यामा क्षयरोगका रोगीहरुले औषधि सेवन गरिरहेको र ३५ को सङ्ख्यामा रोगी निको भैसकेको जानकारी आयोजक संस्थाले दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

