रुपन्देही ,१० चैत्र
सियारी गाउँपालिकाकाे आ.व. २०८०/८१ को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । सियारी गाउँपालिकाको आयोजना तथा रेडियो सुद्दोधनको सहजीरणमा चैत्र ९ गते शुक्रवार गाउँपालिकाको बहुउद्देश्यीय सभा हलमा सम्पन्न भएको हो ।
कार्यक्रममा स्थानीय तथा सरोकारवालाहरुले उठाएका सावल तथा जिज्ञासाहरुको पालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु तथा जनप्रतिनीधि, प्रमुख प्रशासकिय अधिकृत, बिषयगत शाखाका शाखा प्रमुखहरु र सरोकारवाला सेवाप्रदायकका प्रमुख तथा प्रतिनीधहरुले जवाफ दिएका थिए।
स्थानीयहरु अमर पुन, खेम बहादुर थारु, बैजनाथ गुप्ता लगायतले नजिकको सरकारको रुपमा रहेको पालिकाले सेवाग्राहीको अपेक्षालाई केही हदासम्म भएपनि सम्बोधन दिएको, योजना संचालनको लागि गरिने सम्झौता, कार्य सम्पादन, तथा अन्तिम भुक्तानीको प्रक्रृयालाई सकेसम्म वडातहबाट कार्य गरे गराएमा सेवाग्राहीलाई सहज हुने, सेवा प्रवाहलाई सहज र पारदर्शितालाई प्राथमिकता दिन सके पालिकाको सेवा प्रवाह अझ प्रभावकारी हुने सुझाव दिएका थिए।
यसैगरी पशु सेवा, कृषि सेवा समेत वडा वडाबाट उपलब्ध भएमा किसानहरुलाई सहज हुने सुझाव दिदै पालिका तथा वडाका स साना योजनाहरुको संचालनका लागि वडा कार्यालयबाट प्राविधिक सेवा मार्फत लागत स्टिमेट, संझौता, कार्य सम्पादन गराउन सके योजना स्थानीयहरुलाई सहज पनि हुने र योजना पनि प्रभावकारी रुपमा संचालन हुने सुझाव दिएका थिए।
कार्यक्रममा उठेका सवालहरुको जवाफ दिदै पालिकाका अध्यक्ष थानेश्वर घिमिरेले पालिकाका हरेक योजना तथा बिकास कार्यहरुलाई जनताले प्रत्यक्ष अनुभुत गर्न पाउनेगरी सरल, सहज र पारदर्शीतालाई ध्यानमा राखेर अगाडी बढाउदै गइरहेको बताउनु भयो। पालिकाबाटहुने कुनै पनि सेवा प्रवाहलाई गुणस्तरिय र प्रभावकारी बनाउन कही कतै चुक्न गएको पाइएमा पालिकावासी जनताले आफ्नै काम र योजना ठानेर पालिकालाई तुरुन्त सुझाव दिन आग्रह गर्दै सकेसम्म सेवाग्राहीको मनोभावनालाई उच्च सम्मानका साथ अगाडी बढ्दै जाने अध्यक्ष घिमिरेले बताउनु भयो।
यस्तै उपाध्यक्ष तारा थारुले पालिका भित्र संचालन हुने हरेक योजनाको अनुगमन नियमित रुपमा पालिकाले गर्दै आइरहेको भएपनि उक्त अनुगमनमा स्थानीयहरुको भुमिका र सहकार्य अझ बढी प्रभावकारी हुने बताउनु भयो। योजना संचालनमा कहिकतै चुहावट भएको थाहा पाएमा तुरुन्त खवर गर्न आग्रह गर्दै पालिकाले सेवामुखी कार्यलाई बढी प्राथमिकता दिइदै आइरहेको उपाध्यक्ष थारुले बताउनु भयो।
यसैगरी पालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम पन्थीले सरकारी तथा गैरसरकारी संघ संस्थाले आफुले गरेका हरेका कार्यहरुको सामाजिक रुपमा परिक्षण गर्नु पर्ने र सामाजिक रुपमा गरिने परिक्षणले त्यो संघ संस्था तथा कार्यालयहरुलाई पारदर्शी हुन र आगामी कार्यक्रमहरुका लागि मार्गदर्शक बन्ने बताउनु भयो। यसैको शिलशिला नै सियारी गाउँपालिकाले चाल आर्थिक बर्षमा संचालन गरिएका योजनाहरुबाट सेवाग्राहीको बझाई के कस्तो छ र त्यसले सेवाग्राहीमा के कस्तो प्रभाव पारेको छ भन्ने मुल्यांकन गरी अगाडी बढ्न सहज बनाउने उद्धेश्यका साथ पालिकाको सार्वजनिक सुनुवाई अर्थात सामाजिक लेखा परिक्षण गरिएको बताउनु भयो।

कार्यक्रममा बिषयगत शाखाका शाखा प्रमुखहरु शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख सुधीर पौडेल,स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्ती, आर्थिक प्रशासन शाखाका लेखा अधिकृत नारायण प्रसाद पौडेल, पूर्वाधार तथा वातावरण विकास शाखाका इन्जिनियर दिलिप भट्टराई, रोजगार सेवा केन्द्रका रोजगार संयोजक श्रृजना भुषाल, कृषि विकास शाखाका कृषि अधिकृत कमलुद्दीन दर्जी लगायतले बिषयगत रुपमा उठेका सवालहरुको जवाफ दिनु भएको थियो।
कार्यक्रम सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

