आरपि उपाध्याय / नवलपरासी ,१० चैत
युराशिया रेयूकाइ २२ औं शाखाको भव्य भेला समारोह (वार्षिकोत्सब) पश्चिम नवलपरासीको बर्दघाटमा शनिबार सम्पन्न भएको छ।
भव्य भेला समारोहमा नेपाल भारतका सहभागीहरुको सहभागिता रहेकोे थियो।
युराशिया रेयूकाइ २२ औं शाखाका मिहाता जिम्मेवार शिबुचो भिम बहादुर गुरुङले रेयूकाइ शिक्षाको माध्यमबाट सम्मुन्नत समाजको निर्माण गर्न सकिने धारणा राख्दै सम्पुर्ण रेयूकाइ सदस्यहरुले आफ्ना मातापिता, गुरुजन र समाजप्रति उत्तरदायी बोध हुने किसिमको कार्य गर्नुपर्ने विचार व्यक्त गर्नुभयो।

भव्य भेला समारोहमा दिव्य ज्योती शिबुचोहरु महेन्द्र प्रसाद भण्डारी, विष्णुप्रसाद घिमिरे, सुरेन्द्र जङ्ग शाह, दिलमाया थापा लगायतले आफ्नो अनुभव सहित रेयूकाइ शिक्षा माथी प्रकाश पार्नु भएको थियो।
कार्यक्रममा जिम्मेवार स्पाउच शिबुचो दुर्गा गुरुङले अभिवादन मन्तव्य व्यक्त गर्दै रेयूकाइ शिक्षाको माध्यमबाट नै घरपरिवारमा नैतिक शिक्षाको प्रवाह गरि आफ्नो जिम्मेवारी र कर्तव्यको बोध गराउन सकिने धारणा राख्नुभयो।
सो अवसरमा शिबुचो रबिन्द्र सापकोटाले युवा गतिविधि र दिलमाया थापाले महिलाको अपिल र गतिविधि सम्बन्धि प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभयो।
भव्य भेला समारोहमा शिबुचो सरिता शर्मालाई २० वर्षसम्म अठोट रेयूकाइ शिक्षा प्रवर्द्धन गरेकोमा मायाको चिनो सहित प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम सञ्चालक शिबुचो प्रिया लामिछानेले जानकारी दिनुभएको छ।

युरेशिया रेयूकाइ २२ औं शाखाको भव्य भेला समारोहमा युरेशिया रेयूकाइको संरक्षक हिराको मासुनागाले जापानबाटै भर्चुअल मार्गनिर्देशन दिनुभएको थियो।
रेयूकाइ २२ औं शाखाले नेपाल भारतका विभिन्न स्थानहरुमा सामाजिक र शैक्षिक क्रियाकलापहरु गर्दै आएको पनि समारोहमा जानकारी गराइएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

