Rashtriya Dainik

सरावलकाे ललितपुरमा चैत १३ र १४ गते मधेश साँस्कृतिक महाेत्सव हुने

उमेश बि.क / नवलपरासी ,१० चैत

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ ललितपुरमा चैत १३ र १४ गते मधेश साँस्कृतिक महाेत्सव हुने भएको छ।

सरावल गाउँपालिकाको वडा नं ४ ललितपुरमा मधेसी समुदायको महत्त्वपूर्ण पर्व हाेलिकाे अवसरमा मधेश साँस्कृतिक महाेत्सव बिबिध कार्यक्रम गरी मनाउने लागिएको हो ।

आज ललितपुरकाे मधेस सांस्कृतिक पार्क मधेस संस्कृति संरक्षण संस्थाले पत्रकार सम्मेलन आयोजना गरी हाेलि पर्वकाे अवसरमा यही चैत १३ देखी १४ गतेसम्म बिभिन्न सांस्कृतिक कार्यक्रम सहित कुस्ती दंगल प्रतियोगितागरी मधेश साँस्कृतिक महाेत्सव मनाउन लागिएको मधेस संस्कृति संरक्षण संस्थाका अध्यक्ष बिष्णु यादवले जानकारी दिनुभएको हाे ।

थारुको प्रमुख पर्व माघे सँक्रान्ति(माघी)को अवसर पारेर गाउपालिको वडा नम्बर २ मनरीमा थारु साँस्कृतिक पार्क बनाउने कार्य शुरु गरेको र अहिले मधेशको प्रमुख पर्व होलीको अवसर पारेर मधेश साँस्कृति पार्क निर्माण गरिएको गाउपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताउनुभयो । वहाँका अनुसार थारु साँस्कृति पार्कको योजना अगाडी सार्दा गाउपालिका अध्यक्ष थारु भएर थारुलाई महत्व दिइने गरेको भन्दै प्रतिकृया आउन थाले पछि मधेश साँस्कृतिक पार्कको पनि योजना अगाडी सारेका बताउनुभयो । अध्यक्ष चाैधरीले बाेल्दै होली मधेशको महान पर्व पनि हो,होलीको अवसरमा मधेश महोत्सवको रुपमा मधेश साँस्कृतिक पार्कमा होली मनाउनुका साथै अन्य मधेशका सँस्कृति झल्किने गरि साँस्कृतिक कार्यक्रम हुने बताउनुभयो ।
होलीको दिन कुस्ति दंगल ,मटकीभोड लगायतका विभिन्न खेलकुदका कार्यक्रम गरिने बताउनुभयो । त्यसै गरि मधेशी नृत्य,गित संगित,स्थानिय होरी गित,फागुवा,चैता गितहरु जस्ता मधेशी संस्कृतिक कार्यक्रम गरि मनाईने छ । मधेश पार्कको पनि सोही समारोहमा शुभारम्भ गरिने छ । पार्कको बार्षिकी पनि हुने र बर्षेनी मधेश साँस्कृतिक महोत्सव पनि आयोजना हुने गरि कार्यक्रम हुनेछ । बाकी समयमा पनि सो पार्कमा मधेशका जन्म देखी मृत्युसम्मका अन्य संस्कार र संस्कृति तथा रितिरिवाजको संरक्षण र पहिचान हुने गरी जैविक प्रविधिले पार्कलाई सजाईने बताउनुभयो ।

त्यस्तै सरावल गाउँपालिका वडा नम्बर ४ वडा अध्यक्ष सुरेश यादवले नेपालमै पहिलोपटक मधेस सांस्कृतिक महाेत्सव गर्न लागिरहेकाे बताउनुभयो । याे एतिहासिक काम भएकोले यहाँ म्युजियम बनाउदा धाेति कुर्ता सहितको स्ट्याचु राखिने बताउनुभयो । पुर्खा पुरनियाले गरेको रितिरिवाज संस्कृति र संस्कार दर्शाउने किसिमकाे मधेसी सांस्कृतिक पार्क निर्माण सहित ब्यवस्थित गरिने जानकारी दिनुभयो ।चैत १३ र १४ गते मधेश साँस्कृतिक महाेत्सवमा राष्ट्रिय देखि अन्तर्राष्ट्रियसम्मका पहलवान आउनुकाे साथै सांस्कृतिक प्रस्तुतिका लागि स्थानीय देखि राष्ट्रिय , अन्तर्राष्ट्रिय कलाकारकाे बेजाेड प्रस्तुति रहने बताउनुभयो ।मधेसीको माैलिकता झल्कने बिविध कार्यक्रम रहने भएकोले सबैजना कार्यक्रममा उपस्थिति भई सफल बनाउनकाे लागि अनुरोध समेत गर्नुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित