उमेश बि.क / नवलपरासी ,१० चैत
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा कृषि उपकरण बितरण गरिएको छ । सरावल गाउँपालिकाद्वारा कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको हाे ।

सरावल गाउँपालिका अन्तर्गत कृषक समुह र किसान गरि १८ जनालाई ११ थान चापकटर,८ थान ठेलागाडा र ११ थान बेल्चा पालिका अध्यक्ष चाैधरीले हस्तान्तरण गर्नुभएको हाे।

किसानहरुलाई कृषि कार्य गर्न सहज र कृषि आधुनिकीकरण गर्नका लागि गाउँपालिकाले कृषि उपकरण वितरण गरेको पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले जानकारी दिनुभएको हाे ।

किसानहरुलाई कृषि क्षेत्रमा जागरुक र आत्मनिर्भर बनाउनका लागि ७५ प्रतिशत अनुदानमा कृषि उपकरण बितरण गरिएको बताउदै कृषि क्षेत्रलाई आधुनिकीकरण र ब्यावसायिकरण तर्फ उन्मुख गर्न र बढि भन्दा बढि उत्पादनमूलक कृषि पकेट क्षेत्र बिकास गर्नकालागि कृषि उपकरण वितरण गरिएकाे गाउँपालिका अध्यक्ष चाैधरीले बताउनुभयो ।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

