राजन कुमार बानिया /पर्सा ,१० चैत
सशस्त्र प्रहरी बल नेपालद्वारा निशुल्क स्वास्थ्य शिविर अाज पर्साको छिपहरमाई गाउँपालिका वडा नं ५ भिस्वामा सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेड क्वाटर पर्साले अायोजजा गरेको निशुल्क स्वास्थ्य शिबिर भिस्वामा रहेको छोटी भन्सारको प्राङ्गणमा सिमा बिकास कार्यक्रम अन्तर्गत सिमाबासी हरु संग सशस्त्र प्रहरीको सम्बन्ध प्रगाढ बनाउने उदेश्यका साथ निशुल्क स्वास्थ्य शिबिर राखिएको हो।
निशुल्क स्वास्थ्य शिबिरको उद्घाटन प्रमुख अतिथि रहनु भएको सिमा बिभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक नारायण दत पौडेलले एक कार्यक्रमका बिच पानसमा दिप बाले उद्घाटन गर्नु भएको थियो। प्रमुख अतिथी पौडेलले उद्घाटन गर्दै भने स्थानिय सुरक्षाअाफ्मा अलिगत गहन जिमवारी पनि हो गहन कार्यपनी हो।
अहिलेको अाधुनिक सिधान्तमा सुरक्षा निकाय मेजरस पाटहरुलाई सुरक्षा कसरी अगाडी बढने अनि सुरक्षा चाहिँ सबै प्रभावकारी हुने बताए ।स्थानिय जनसमुदायहरुको सहकार्य बिना कुनैपनी सुरक्षा र बिकासको कामहरु समभव हुन् सक्दैन । हामीले अात्मसाथ गर्दै हाम्रो प्रमुख मेन्डेडको रुपमा रहेको सिमा सुरक्षाको कार्यमा हामी जुनढगमा हामीले अहिले सम्म सिमासुरक्षाको काममा एउटा प्रहरीको रुपमा हेर्ने द्रिष्कोलाई अब हामीहरु नागरिकहरुको सम्बन्धलाई प्रगाढ बनाउन यस्ता कार्यक्रम लिएर जनतासामु अाउनु बताए ।
निशुल्क स्वास्थ्य शिबिरमा प्राबिधिक सहयोग प्रभु होस्पिटल बिरगंज र बिरगंज सामुदायिक अाँखा अस्पतालको टिम लाई धन्यवाद समेत दिनु भएको थियो।कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल २ प्रमुख छिन्नमस बाहिनी मुख्यालय महोतरीका सशस्त्र प्रहरी नायब महानिरिक्षक दिपेन्द्र साह,छिपहरमाई गाउँपालिकाको उपाध्यक्ष लिलावती देबी, वडाअध्यक्ष मौजीलाल साह कानु, वडाअध्यक्ष दिपेन्द्र सिंह,महेन्द्र साह कलवार ,कामेश्वर यादव, नेता किशोरी साह कानु,सुबास साह,गनेश जयसवाल,सशस्त्र प्रहरी बल नेपाल नं १३ गण पर्साका गुल्मपती एसपी रामकृष्ण कर्मचार्य, सशस्त्र प्रहरी बल नेपालका बारा गुल्मपती एसपी संतोष सिंह, सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठ ,प्रेम बहादुर कठायत,प्रभु होस्पिटल बिरगंजका संचालिका डाक्टर लक्ष्मी थापा गुप्ता ,एमडी दिलिप कार्की, बिरगंज सामुदायिक अाँखा अस्पताल का डाक्टर प्रेम सिंह,लगायत को सहभागिता रहेको थियो।
निशुल्क स्वास्थ्य शिबिर मा ६ सय ३ जना बिरामीहरुलाई चेकजाँच गरि निशुल्क अौषधी समेत बितरण गरिए छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

