Rashtriya Dainik

राहत कोष र वन्य असमझदारी सम्बन्धि एक दिने कार्यक्रम सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,९ चैत

त्रिवेणी मध्यवर्ती उपभोक्ता समिति विनयी त्रिवेणी ६ पुर्वी नवलपरासीको आयोजनामा वन्यजन्तु राहत निर्देशिका २०८० राहत कोष र वन्य असमझदारी सम्बन्धि एक दिने कार्यक्रम त्रिवेणीमा सम्पन्न भएको छ।

त्रिवेणी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष धिरज थापाको अध्यक्षतामा छलफल कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका चितवन राष्ट्रिय निकुञ्ज गजग्राहा रेन्ज पोस्टका रेन्जर श्याम तामाङले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो।

सो अवसरमा तामाङले वन्यजन्तु निर्देशिका राहत कोष र वन्यजन्तु असमझदारी हटाउने विषयमा सरोकारवाला निकायको ध्यानाकर्षण गराउदै वन्यजन्तु र वन्य पैदवारलाई जोगाउनु प्रत्येक नागरिकको परम कर्तव्य रहेको बताएका थिए।
छलफल कार्यक्रममा त्रिवेणी मध्यवर्ती उपभोक्ता समितिका पदाधिकारी, स्थानीय उपभोक्ता समितिका प्रतिनिधि, नेपाल प्रहरी र सशस्त्र प्रहरीका स्थानीय प्रमुखहरुको उपस्थिति रहेकोे थियो।

कार्यक्रममा मध्यवर्ती वन र सामुदायिक वनका प्रतिनिधिहरु बिच अन्र्तसम्बन्ध बलियो भएमा राज्यको चाहना अनुसार वन जोगाउने अभियानबारे सहभागीहरुले छलफल गरेका थिए।
सो अवसरमा वन्यजन्तुबाट हुने हानी नोक्सानीबारे पाउने क्षतिपूर्तिको विषयमा राहत रकम पाउन कानुनी प्रक्रिया अपनाउनुपर्ने सन्दर्भमा जानकारी गराइएको कार्यक्रम सञ्चालक मोहन घिमिरेले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित