अनिल बनिया/नवलपरासी /०८ चैत
जिल्ला नवलपरासीको साविक दाउन्ने देवी गा.वि.स.वडा नं. ०१ हाल बर्दघाट नगरपालिका वडा नं.१६ सुर्यबस्ती बस्ने बुद्धिजंग रानालाई वर्ष २०५८ सालमा गोली प्रहार गरी हत्या गर्ने मध्येका एक जना पक्राउ परेका छन्।
जिल्ला नवलपरासी साबिक दाउन्ने देवी गा.बि.स. वडा नं. २ हाल बर्दघाट नगरपालिका वडा नं. ल१६ बस्ने बर्ष ४२ को केशव गुरुङ भन्ने करण गुरुङ घटना पश्चात भरत गई लुकेको र नेपालका बिभन्न स्थानमा रहदैँ हाल घर गाँउमा आई लुकिछिपि बसेको भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोलीले निजलाई २०८०।१२।०७ गते बुधबार दिउसो अन्दाजी ०३ बजेको समयमा जिल्लाको बर्दघाट नगरपालिका वडा नं.१६ स्थितमा फेला पारी आज मिति २०८०।१२।०८ गते बिहीबार फैसला कार्यन्वयनको लागी सम्मानित नवलपरासी जिल्ला अदालत परासी पठाईएको प्रहरीले जनाएको छ।
घटनाको बारेमा
मिति २०५८।०७।१५ गते राती दाउन्ने देवी गा.वि.स. वडा नं. १ स्थित प्लट नं. ०६ मा मृतक बुद्धीजंग राना साथीहरूसंग सास्कृतिक कार्यक्रम हेर्न गएको र कार्यक्रम सकेपछि मेला नजिक पार्किङमा राखेको मोटरसाईकलको हेलमेट सम्बन्धमा अर्को पक्षसंग वादविवाद हुदा मृतक माथी प्रतिवादीहरु केशव गुरुङ भन्ने करण गुरुङ समेतले खुकुरी प्रहार गर्न लागेको अवस्थामा त्यँहा रहेका अन्य मानिसहरुले देखी खुकुरी खोसी दुवै पक्षलाई सम्झाई बुझाई गरी झगडा हुन नदिएको हो ।
त्यस पछी सो स्थान नजिकै खाना खाई मोटरसाईकलमा फर्किदै गरेका मृतक बुद्धिजंग रानालाई दाउन्ने देवी गा.वि.स. वडा नं. १ र २ को सिमानामा आई पुग्दा पहिलेको झगडाको रिसिईवी लिई प्रतिवादीहरु करण गुरुङ समेत ४ जना भई गोली प्रहार गरेकाले घाईते भई भुईमा लडेको र उपचारको क्रममा मिति २०५८।०७।१६ शिक्षण अस्पताल काठमाण्डौमा मृत्यु भएको थियो ।
सम्मानित जिल्ला अदालत नवलपरासीको मिति २०६६/०३/२८ गतेको फैसलाले निजउपर सर्वस्वसहित जन्मकैदको सजाय भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेश बोहरले जानकारी दिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

