आरपि उपाध्याय / नवलपरासी ,८ चैत
पुर्वी नवलपरासीको कावासोतिमा नेपाल विद्यार्थी संघको आयोजनामा विहीबार साझ मसाल जुलुस निकालेर विरोध प्रदर्शन गरिएको छ।
कावासोती स्थित पुर्व पश्चिम राजमार्गमा नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ लुम्बिनी आदर्श डिग्री कलेज इकाईको आयोजनामा मसाल जुलुस निकालिएको हो।
ने.वि. संघ लुम्बिनी आदर्श डिग्री कलेज इकाई सभापति प्रज्वल क्षेत्रीको नेतृत्वमा करिब २ सयको सङ्ख्यामा विद्यार्थीहरुको मसाल जुलुसमा सहभागीता रहेको ने.वि. संघ नवलपुरका अध्यक्ष हरि सुवेदीले जानकारी दिनुभएको छ।
लुम्बिनी आदर्श डिग्री कलेजमा अध्ययनरत विद्यार्थीहरुले उप प्रधान एवं गृहमन्त्री रबि लामिछानेको राजिनामा माग गर्दै एक घण्टासम्म मसाल जुलुस निकालेका थिए।
मसाल जुलुसको क्रममा प्रहरीले आधा दर्जन विद्यार्थी नेताहरुलाई नियन्त्रणमा लिएको थियो भने नियन्त्रणमा परेका विद्यार्थीहरुलाई केही समय नियन्त्रणमा लिइ रिहाई गरिएको जानकारी प्राप्त भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

