राजन कुमार बानिया /पर्सा ,७ चैत
राष्ट्रिय स्वतन्त्र पार्टी छिपहरमाई गाउँपालिकाद्वारा हाेली मिलन समारोह तथा सांस्कृतिक कार्यक्रम आज सम्पन्न भएकाे छ।
छिपहरमाई गाउँपालिका वडा नं १ मिर्जापुर बजारको सेटरमा हाेली मिलन समाराेह तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएकाे थियाे ।
कार्यक्रममा हाेलीकाे शुभकामना अदानप्रदान गर्नुकाे साथै एक आपसमा भाइ चारा कायम गरि होलि मनाउन बक्ता हरुको जोड रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि स्थानिय दलित समुदाय का जेष्टनागरिक बनारसी महराको प्रमुख अतिथ्यमा भएको कार्यक्रम पर्सा क्षेत्रनं ४ का क्षेत्रिय सभपती जितेन्द्र मिश्राको सभापतिवमा सम्पन्न भएको थियो। कार्यक्रममा मधेश प्रदेश सदस्य कृष्णा पासवान ,होटल ब्यवसाय संघ को अध्यक्ष केन्द्रीय प्रटकिय बिभाग सचिव हरि पन्त,सुदिश प्रजापति ,प्रभात कुमार चौरसिया ,उमेश यादव,मनोमोहन यादव,बिकि यादव,धर्मेन्द्र प्रसाद यादव लगायतको सहभागिता रहेको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

