Rashtriya Dainik

पर्सा प्रहरीद्वारा ठुलो मात्रामा कुखुराको चल्ला बरामद गरि नष्ट

वीरगन्ज ,८ चेत्र
पर्सा प्रहरीले भारतीय कुखुराको चल्ला पक्राउ गरि नष्ट गरेको छ।
प्रहरीले अवैधरुपले भित्राएको ५० कार्टुन कुखुरा चल्ला करिव ५००० गोटा पक्राउ गरि नष्ट गरेको हो।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरी टोलीले विन्दवासिनी गाऊपालिका वडा नम्बर ४ अमरपर्टी स्थित सडक खण्डबाट भारतीय कुखुराको चल्ला ठुलो परिमाणमा पक्राउ गरि नष्ट गरेको पर्सा प्रहरीका प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए।


पक्राउ गरेको ५० कार्टुन कुखुरको चल्ला पशु क्वारेन्टाइन सिर्सिया र इलाका प्रहरी कार्यालय पोखरियाको संयुक्त टोलीले खाली जग्गामा नष्ट गरिएको प्रबक्ता थापाले जानकारी दिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित