Rashtriya Dainik

सरावल गाउँपालिकाले किसान सूचीकरण अभियान सन्चालन गर्ने

राष्ट्रिय दैनिक / नवलपरासी ,८ चैत

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले किसान सूचीकरण कार्यक्रमलाई अभियान रुपमा सुरु गर्ने भएको छ ।

सरावल गाउँपालिकाले विहीवार आयोजना गरेको किसान सूचीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रममा सहभागी अगुवा किसान र सरोकारवालाहरुलाई पालिकाले किसानहरुको सूचीकरण गर्ने कार्यक्रम सुरु गर्न लागेको जानकारी दिएको हो ।

पालिकाका अध्यक्ष सुखाडी प्रसाद चाैधरीको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा सरावल गाउँपालिका सरोकारवालाहरुको सहभागिता रहेको थियो।

अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै पालिकाका अध्यक्ष चाैधरीले किसान सूचीकरण कार्यक्रम सरावल गाउँपालिका कार्यालयको मात्र नभई सम्पुर्ण सरावल गाउँपालिकाबासी र सरोकारवालाहरुको आफ्नो कार्यक्रम रहेको बताउनुभयो । अध्यक्ष चाैधरीका अनुसार यो कार्यक्रमले वास्तविक किसानहरुको पहिचान हुने बताउनुभयो । वहाँले अनुदान कार्यक्रमलाई व्यवस्थित बनाउने समेत जानकारी दिनुभयो । चाैधरीले सरावल गाउँपालिका भित्र किसानहरुको तथ्याँक लिनका लागि र सूचीकरण कार्यक्रम पालिकाले सुरु गर्न लागेको बताउनुभयो ।

अभिमुखिकरण कार्यक्रमको सहजीकरण कृषिशाखा सरावल गाउँपालिकाका प्रमुख कुलदिप मिश्रले गर्नुभएको थियो ।

सो अभिमुखिकरण कार्यक्रममा सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिशाल मिश्रा , वडा न १ का वडा अध्यक्ष बिष्णु भट्टराईले किसान सूचीकरण कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभएको थियो । कार्यक्रमले किसानहरुलाई नै फाइदा पुग्ने भएकोले कार्यक्रममा कृषकहरुको उलेख्य सहभागिता हुने बताउनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित