Rashtriya Dainik

भिष्वा होटलको क्यासिनोबाट चार जना पक्राउ

वीरगञ्ज ७ चैत

भिष्वा होटलको क्यासिनोबाट चार जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।वीरगञ्ज महानगरपालिका वडा नं.१५ भिष्वा होटलको क्यासिनोबाट पक्राउ गरेको हो।
नेपाली व्यक्तिहरूलाई अनाधिकृतमा प्रवेश गराइ जुवा खेलाउदै गरेको सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।वीरगञ्ज महानगरपालिका वडा नं.१५ स्थित रहेको भिष्वा होटलको क्यासिनोमा प्रवेश गर्न खोज्दा प्रहरी टोलीसंग वादविवाद तथा प्रहरी कारवाहीमा वाधा अवरोध गरेको हुँदा निम्न स्थान बस्ने निम्न व्यक्तिहरूलाई जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१५ बस्ने वर्ष ३२ को प्रताप लामा । सियमजी क्लबको सेक्युरिटी गार्ड सर्लाही जिल्लाको बरहथवा नगरपालिका वडा नं.११ बस्ने वर्ष ३४ को उमेश कार्की सियमजी क्लबको बजार प्रमुख पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवा बस्ने वर्ष ३४ को पप्पु सिंह । सियमजी क्लबको फ्लास मनिटर सोही वडा नं.८ बस्ने वर्ष ४० को सुरज कुमार कलवारलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित