काठमाण्डाै,७ चैत
विश्वका खुसी देशहरूको सूचीमा नेपाल ९३ औँ स्थानमा परेको छ । संयुक्त राष्ट्र सङ्घीय एजेन्सीले एक सय ४३ वटा देशलाई समेटेर सार्वजनिक गरेको ‘वर्ल्ड ह्याप्पिनेस इन्डेक्स’ प्रतिवेदनअनुसार नेपाल ९३ औँ स्थानमा परेको हो । अघिल्लो वर्ष नेपाल यो सूचीको ८४ औँ स्थानमा थियो ।
खुसीको स्तर खस्किँदै ९३ औँ स्थानमा परे पनि नेपाल दक्षिण एसियाको सबैभन्दा खुसी देश बनेको छ । ‘वर्ल्ड ह्याप्पिनेस इन्डेक्स’ काे सूचीमा पाकिस्तान १०८ औँ, भारत १२६ औँ, श्रीलङ्का १२८ औँ, बङ्ग्लादेश १२९ औँ र अफगानिस्तान सूचीको सबैभन्दा पुछार अर्थात् १४३ औँ स्थानमा परेको छ । भुटान र माल्दिभ्स सूचीमा समावेश छैनन् । चीन ६० औँ नम्बरमा छ । फिनल्यान्ड लगातार सातौँ वर्षमा विश्वको सबैभन्दा खुसी देश बनेको छ ।
खुसी मापन गर्ने भनिएको ‘वर्ल्ड ह्याप्पिनेस रिपोर्ट’ दिगो विकाससम्बन्धी संयुक्त राष्ट्र सङ्घको एक अभियानले प्रकाशित गर्ने गर्छ । खुसीका लागि समाजमा जीवन जिउने स्वतन्त्रता, स्वस्थ जीवन, सामाजिक सहयोग, एकअर्कालाई सहयोग गर्ने भावना, आर्थिक अवस्था अनि भ्रष्टाचारबारे विद्यमान आमसोचजस्ता विषय पर्ने रिपोर्टमा भनिएको छ ।
आज विश्वभर अन्तर्राष्ट्रिय खुशी दिवस मनाइएकाे छ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुसी दिवस मनाउने गरिन्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

