आरपि उपाध्याय / नवलपरासी ,६ चैत
सशस्त्र प्रहरी बल नेपाल २६ न. गण पश्चिम नवलपरासीले सरावल गाउँपालिका अन्तर्गतबाट किराना सामाग्री सहित केहि थप अन्य सामाग्री बरामद गरेको छ।
सिमापार भारतबाट अवैध रुपमा नेपाल ल्याइएका किराना सामाग्री सहित लत्ताकपडा,केराउ लगायत सामान बरामद गरिएको २६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेले जानकारी दिनुभएको छ।
नियमित गस्तीको क्रममा निस्केको सशस्त्र प्रहरी बलको टोलीले सिमावर्ती क्षेत्रबाट उक्त सामाग्री बरामद गरेको हो।
सशस्त्र प्रहरी बलले बरामद गरेको सामाग्रीको मूल्य १ लाख ८० हजार ३ सय रहेको बताइएको छ।
बरामद गरिएको सामाग्रीलाई थप आवश्यक कानुनी कारवाहिको लागि महेशपुर भन्सार कार्यालय पठाइएको २६ न. गणले जनाएको छ।
यस पुर्व पनि सशस्त्र प्रहरी बलको २६ न. गण र मातहतका निकायबाट अवैध सामाग्री बरामद गरि भन्सार कार्यालय बुझाएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

