Rashtriya Dainik

पर्साको पोखरियामा सेवा विस्तार हुने नगर प्रमुखले गरे गृहमन्त्री लामिछानेसित छलफल

राजन कुमार बानिया /पर्सा ,६ चैत

पर्साको पोखरियामा इलाका प्रहरी कार्यालय तथा मालपोत कार्यालयको सेवा विस्तार हुने भएको छ ।

पोखरिया नगरपालिकाका नगर प्रमुख प्रदुमन प्रसाद चौहानको निरन्तरको पहलले पोखरियामा सेवा विस्तार हुने भएको हो ।
पोखरियास्थित इलाका प्रहरी कार्यालयलाई स्तरोन्नति गरेर डिएसपिको दरबन्दी हुने “क“ श्रेणीमा रुपान्तरण गरिने भएको छ ।

नगर प्रमुखले गृहमन्त्री रवि लामिछानेलाई दाेस्रोचोटि भेट गरेपछि इप्रकाको स्तरोन्नति हुने भएको निश्चित भएको हो ।
पोखरिया नगर प्रमुख प्रदुमन प्रसाद चौहानले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई भेटेर पनि छलफल गरेका छन् । पोखरियामा नापी, मालपोत कार्यालय कार्यालय स्थापनाका लागि नगर प्रमुखले आग्रह गरेका छन् । मन्त्री अधिकारीले मन्त्रालयको सेवा विस्तारको प्रतिबद्धता पनि जनाएका छन् ।

आगामी आर्थिक वर्षको लागि निर्माण हुने नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरिने मन्त्रीज्यूबाट प्रतिबद्धता व्यक्त भएको नगर प्रमुख चौहानले बताएका छन् ।
पोखरियामा क श्रेणीको इलाका प्रहरी कार्यालय नहुँदा सेवाग्राहीलाई वीरगंज धाउनुपर्ने बाध्यता रहेको छ । यसै गरी मालपोत तथा नापी कार्यालयको कामले पनि वीरगंज धाउनुपर्ने हुँदा पोखरियासहित आसपासका लाखौँ नागरिकलाई सास्ती भइरहेको छ ।
पोखरियाका नगर प्रमुखले विभिन्न मन्त्रालय धाएर भए पनि स्थानीयवासीको सुविधाको काम गरिरहेका छन। साथमा
मा. प्रभु हजरा, युवा नेता सुजीत गिरी, सूरज चौहान, संदीप साह लगाएतको उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित