Rashtriya Dainik

पश्चिम नवलपरासीको सुस्तामा धारिलो हतियार प्रयोग गरि हजुरबुवा र नातिको हत्या गर्ने दुई व्यक्ति पक्राउ

आरपि उपाध्याय / नवलपरासी ,५ चैत

पश्चिम नवलपरासीको सुस्तामा धारिलो हतियार प्रयोग गरि हजुरबुवा र नातिको हत्या गर्ने दुई व्यक्ति पक्राउ परेका छन।

सुस्ता ३ मर्चहवामा गत फागुन १ गते बिहान ५:३० को समयमा हजुरबुवा अक्षयलाल चमार र नाति गौचरण चमारलाई धारिलो हतियार प्रयोग गरि हत्या गरेर फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय (ब.स.प.) का सुचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिनुभएको छ।
सुस्ता ३ मा घटना घटे लगत्तै प्रहरी उपरीक्षक काजी कुमार आचार्यको नेतृत्वमा खटेको टोलीले मृतक अक्षयलाल चमारको घर अगाडि १० मिटर पश्चिम तर्फ नाति गौचरणको शरीरमा धारिलो हतियार प्रयोग गरि हत्या भएको घटना स्थलमा हातमा लगाएको पन्जा फेला परेको थियो।
हजुरबुवा र नातिको हत्या भएको घटना पछि तालिम प्राप्त कुकुर परिचालन गरि सि.बि.आइ.को प्रहरी टोलीले समेत हत्याको अनुसन्धान गरेको पत्रकार सम्मेलनमा बताइएको हो।
सुक्ष्म ढंगको अनुसन्धान पश्चात् सुस्ता ३ मर्चहवा बस्ने वर्ष २९ को अजय धरिकार र सोही ठाउँ बस्ने वर्ष २० को चन्दन हरिजनको संलग्नतामा घटना घटेको खुल्न आएपछि घटनामा संलग्न व्यक्तिलाई चैत्र ३ गते पक्राउ गरि ईलाका प्रहरी कार्यालय बेलाटारी मार्फत जिल्ला अदालत परासीबाट ज्यान सम्बन्धि कसुर मुद्दामा ७ दिनको म्याद थप गरि थप अन्य अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
घटना विवरण अनुसार माघ २६ गते प्रतिवादी मध्येका चन्दन हरिजन,सुस्ता ३ मर्चहवा बस्ने छिमेकी गाउँले सङ्ग भएको झगडा उपर इ.प्र.का. बेलाटारीमा उजुरी परे पश्चात् छलफल पछि मिलापत्र भएको थियो।
सोही घटनाको रिसिबी साध्न चन्दन हरिजनले आफ्नो मिल्ने साथी अजय धरिकार सङ्ग मिलि बदला लिने योजना बनाएका थिए।
उक्त योजना अनुसार सिमापार भारतिय बजारबाट धारिलो हतियार चाकु खरिद गरि ल्याएको पनि पत्रकार सम्मेलनमा बताइयो।
हजुरबुवा अक्षयलाल चमारको हत्या भएपछी संगै सुतेका नाति गौचरणले देखेकोले आफू चिनिने डरमा हत्यारा समुहले नाति उपर पनि साङ्घांतिक हमला गरेका थिए।
हमलाको क्रममा हत्याराहरुले आफुले लगाएको हातको पन्जा मध्ये बाया हातको पन्चा घटना स्थलमा छुट्न गएकोले सोही पन्जाको आधारमा प्रहरीले ३५ दिनको गोप्य अनुसन्धान पछि हत्यारालाई नियन्त्रणमा लिएको बताइएको छ।
लामो समयको अनुसन्धान पछि नवलपरासी प्रहरीले हजुरबुवा र नातिको हत्यारालाई पक्राउ गरेको घटनाले हत्याको पेचिलो गाठोलाई फुकाउन सफल भएको बुझिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित