संजय कुशवाहा / नवलपरासी ४ चैत
पश्चिम नवलपरासीमा हजुरबुवा र नातीको धारिलो हतियार प्रयोग गरी हत्या गर्ने २ जना पक्राउ परेका छन।
पक्राउ पर्नेमा सुस्ता गाउँपालिका वडा न. ३ मर्चहवा बस्ने २९ बर्षिय अजय धरिकार र सोही ठाँउ बस्ने २० बर्षिय चन्दन हरिजन रहेको प्रहरीले जनाएको छ।
फागुन १ गते सुस्ता गाउँपालिका वडा नं. ३ मर्चहवा स्थितमा अक्षयलाल चमार र निजको नाति गौचरण चमारको धारिलो हतियार प्रयोग गरी हत्या भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताउनुभयो ।
हत्या भएको हजुर बुवा र नातीको चमारको शरीरमा बिभिन्न भागमा धारिलो हतियार प्रहार गरीएको घाउहरु भएको दुबै जना शव मृत अवस्थामा भेटिएपछी उक्त घटना स्थलमा बाया हातमा लगाउने हाफ पन्जा फेला परेको र अनुसन्धानका क्रममा तालिम प्राप्त कुकुर समेत परिचालन गरीएको थियो।
घटनाको ३ दिनपछि केन्द्रिय अनुसंधान ब्युरो (CIB) को प्रहरी टोलीले गरेको अनुसन्धानको क्रममा निजहरुको संलग्नता देखिएको हो।
अभियुक्त दुबै जनालाई शनिवार पक्राउ गरी ईलाका प्रहरी कार्यालय बेलाटारी मार्फत जिल्ला अदालत परासीबाट ज्यान सम्बन्धि कसुर मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक बोहराले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

