राजन कुमार बानिया /पर्सा ,४ चैत
रुरल स्किल डेभलपमेन्ट सेन्टर प्रा.लि को आयोजना र पोखरिया नगरपालिकाको सहयोगमा पोखरिया नगरपालिका- वडा नं ९ सेमरबारीमा संचालित १ महिना सिलाई कटाई तालिम आज सम्पन्न भएको छ ।
पोखरिया नगरपालिकाको वडा नं.३,६,७,८,९,१० का महिलाहरुले संचालन गरिएको तालीममा सहभागी महिलाले सिलाई कटाई बुनाईको सीप सिकेका छन ।

महिलाले यसरी सीप सिकेर सिकेको सिपलाई जीवन उपयोगी बनाउदै आर्थिक रुपान्तरण गर्न सक्नु पर्ने पोखरिया नगरपालिकाका उप प्रमुख रुबी ठाकुरले बताईन। नगरपालिकाले पोखरियाका महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले समय समयमा यस्ता विभिन्न तालीमको आयोजना गर्दै आएको छ।१ महिना सिलाई कटाई तालिमका सहभागीहरुलाई आज १२ जना महिलाहरुलाई पोखरिया नगरपालिका कि उप प्रमुख रुबी ठाकुरले प्रमाणपत्र तथा सिलाई कटाई मेसिन समेत हस्तान्तरण गर्नुभएको हो ।

सिलाई कटाई तालिमको समाप्न कार्यक्रम वडा नं.९ का वडाध्यक्ष नौसाद आलमको अध्यक्ष्ातामा सम्पन्न भएको थियोे । समापन कार्यक्रम कार्यक्रममा योजना प्रमुख वाल्मीकि साह,सहायक नरेन्द्र साह,नेकपा एमाले नगर अध्यक्ष बिन्धाचल ठाकुर, बिजय झा, भगवान साह , ललन पटेल, निरज ठाकुर, नेता मनोज चौहान,रामअयोध्या कुर्मी, प्रशिक्षक बिन्दा देबी चौरसिया, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु लगाएतको हभागीता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

